२६ बैशाख २०८१, बुधबार

यस्ता छन् स्वास्थ्यको लागि बेसारको प्रयोग गर्नुका फाइदाहरू


बेसार

हाम्रो भान्सामा तरकारी रंगाउन प्रयोग हुने बेसार स्वास्थ्यमा यसको महत्व ठूलो पाइएको छ । सवैभन्दा बढी प्रयोग हुने बेसारलाई आयुर्वेदमा एण्टिबायोटिक औषधिको रूपमा लिएको पाइन्छ । तन्त्र शास्त्रमा बेसार बढि प्रयोग हुने गरेको पाइन्छ । पेट दुख्दा होस् या रूघा लाग्दा होस् या दुध सुकाउन किन नहोस् यसको प्रयोग बढि भएको पाइन्छ ।

चोटपटक लाग्दा सौन्दर्यका लागि पनि बेसारको प्रयोग बढि हुने गरेको पाइन्छ । यस लेखमा अन्य जडिबुटिसंग बेसारको उपयोग गरेर कसरि लाभ लिन सकिन्छ भन्ने जानकारी सबैलाई हुन सके धेरै राम्रो हुनेछ ।

बेसारको अन्य प्रयोग यस्तो छ

१. चोट लागेर सुनिएको ठाउँमा बेसारको लेदोमा घिउकुमारी मिसाएर लगाउनाले राम्रो फाइदा गर्दछ ।

२. पेट दुखेमा बेसारमा थोरै बिरेनुन राखेर खाएमा पेट दुख्न कम हुन्छ ।

३. रुघा लागेमा ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर सुपजस्तै गरी खाएमा यसले रुघा ज्वरो निको पार्दछ । दूध बढाउन समेत मद्दत गर्दछ ।

४. खोकी लागेमा बेसारको टुक्रा मुखमा राखी चुस्नाले निको हुन्छ ।

७. बेसारसँग नुन र तेल राखी दात माझ्नाले दात चम्किलो हुनाका साथै दुखेमा समेत निको बनाउदछ ।

८. रुघाखोकी, टाउको दुख्ने, दाँत दुख्ने जस्ता समस्या देखिएमा बेसार राखेर उमालेको पानी सेवन गरेमा फाइदा गर्दछ ।

९. साइनोसाइटीस, माइग्रेन, पिनास आदिमा बेसार राखी पकाएको पानी पिउँदा निकै आराम मिल्दछ ।

१०. बढी पिसाब हुने रोगमा १ चमच राम्रो बेसार नित्य पानीमा राखेर सेवन गराउदा बढी पिसाब हुनबाट रोक्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !