१५ बैशाख २०८१, शनिबार

भारतीय प्रधानमन्त्री मोदीको मेकअप खर्च ८० लाख ? यस्तो छ वास्तविकता


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर भारतमा एउटा मिडियो निकै भाईरल भईरहेका छन् । जुन भिडियोमा दाबी गरिएको छ की मोदीले आफनो मेकअपका लागि हरेक महिना ८० लाख भारु खर्च गर्ने गर्छन् । करिब ४५ सेकेन्डको उक्त भिडियोमा केही व्युटीशियन र स्टाइलिस्टहरु मोदीको वरिपरि घुमिरहेको देखिन्छ ।

उक्त भिडियो कांग्रेसले समेत खुबै सेयर गरेको थियो । उक्त भिडियो यति भाईरल भयो की यसको खोजतलास गर्दा पुष्टी भएको छ की भिडियो मोदीकै हो तर ती उनका व्यक्तिगत व्युटीशियन होईनन् ।

वास्तवमा यो भिडियो सन २०१६ को हो जुन बेला भिडियो लन्डनस्थित मैडम तुषाद म्युजियमले आफनो सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । उक्त भिडियो मोदीको मोमको पुत्ला बनाउँने समयमा पोस्ट गरिएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !