१५ बैशाख २०८१, शनिबार

फिल्म ‘लम्फू’को नयाँ गीत सार्वजनिक (भिडियोसहित)


Lamphu

२१ वैशाख, काठमाण्डौ । फिल्म ‘लम्फू’को नयाँ गीत सार्वजनिक भएको छ । रिलिज भएको ‘तिमीलाई भुलेर’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

युवराज सापकोटाको शब्द रहेको गीतमा प्रमोद खरेलको स्वर सुन्न सकिन्छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार कबिर खड्का र मरिष्का पोखरेल फिचरिङ छन् । गीतमा नायक-नायिकालाई पीडामा देख्न सकिन्छ ।

वैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म लम्फूलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका छन् । यस फिल्मले एक युवकको जीवनमा आइपरेको कल्पनीय घटनालाई प्रस्तुत गर्नेछ ।

फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुवै बनाउँछ भन्ने कथामा बनेको निर्देशक लामिछानेको भनाइ छ।  यसअघि, फिल्मको ३ गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !