, घुमघाम

घुमघाम

  • पिण्डेश्वर-दन्तकाली पदमार्ग

    धार्मिक पर्यटकीय गन्तव्य पिण्डेश्वर-दन्तकाली पदमार्ग

    पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा सुनसरी जिल्लाको पिण्डेश्वर-दन्तकाली पदमागलाई छनोट गरेको छ । परिचय पिण्डेश्वर मन्दिर धरानको विजयपुरमा अवस्थित छ । यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिन्छ । श्रावण महिनाभरी यहाँदेखि करिब १३ किलोमिटर पश्चिममा रहेको सप्तकोशी नदीको पानी […]

  • गौरादह कृषि पर्यटन क्षेत्र

    यस्तो बन्नेछ झापाको सुन्दर पर्यटकीय गन्तव्य गौरादह कृषि पर्यटन क्षेत्र

    पृष्ठभूमि : नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अनुसार झापा जिल्लाको गौरादह नगरपालिका-५ मा संचालित नमुना सहकारी खेतीलाई छनोट गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय अनुसार देशकै बलियो उदाहरणको रुपमा संचालित नमुना सहकारी खेतीलाई कृषि पर्यटन गन्तव्यको रुपमा बिकास गर्ने गरि […]

  • पाथीभरा देवी

    दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी

    पृष्ठभूमि : अन्न भरेको पाथी झैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको टुप्पोमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्तुंवुङ” भनेर चिन्दछन । लिम्बू भाषामा “मुक्तुै”को अर्थ शक्ति वा बल, “वुङ”को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बू जातिहरू पाथीभरालाई शक्ति वा […]

  • विराट राजाको दरवार

    घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार

    पृष्ठभूमि : महाभारतकालीन राजा विराटको नामबाट विराटनगरको नामाकरण भएको हो । बिराट राजाको राजधानीको भग्नावशेष विराटनगर दक्षिणको भेडियारी गाउँमा फेला परेको थियो । कौरवहरूले लुटेका विराट राजाका गाई पाण्डवहरूले फिर्ता ल्याएको किम्वदन्ती अनुसार पहिला यो ठाउँलाई गोग्राहा भनिन्थ्यो । पाण्डवहरूले विराट राजाकै दरबारमा गुप्तबासको एक वर्ष बिताएको विश्वास गरिन्छ । परिचय विराट दरवार मोरङ जिल्ला […]

  • अर्जुनधारा

    घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

    पृष्ठभूमि : महाभारत कालमा पाण्डवहरू लुकेर यिनै स्थानमा गुप्तवास बसेका र दुर्योधन लगायत कौरवहरूले पत्ता लगाई पाण्डवहरूको गुप्तवास भंग गर्न विराट राजाका नौ लाख गाईहरू हरण गरी लगेको तथा कौरवहरूले गाई हरण गरेको स्थान गौ हरण तथा यसको अपभ्रंश भई गोरुवा हुदै गरुवा भएको बताइन्छ, जुन स्थान हाल इलाम जिल्लाको तत्कालिन दानाबारी गाविसमा पर्दछ । […]

  • कन्याम

    यस्तो बन्दैछ सुन्दर पर्यटकीय गन्तव्य फिक्कल, कन्याम, श्रीअन्तु सर्किट

    पृष्ठभूमि : इलाम जिल्लामा अवस्थित फिक्कल कन्याम श्रीअन्तु सर्किट सरकारले छानेका १०० नयाँ पर्यटकीय गन्तब्यहरुको सूचीमा रहेको छ । फिक्कल–कन्याम–श्रीअन्तु सर्किट अन्तर्गत ईलामको फिक्कल बजार, कन्याम र श्रीअन्तु क्षेत्र पर्दछन । महाभारत र शिवालिक पर्वतशृङ्खलाको पूर्वदक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलाम वास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । सांस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध […]

  • गुरु फाल्गुनन्द

    यस्तो बन्दैछ पर्यटकीय गन्तव्य गुरु फाल्गुनन्द सर्किट

    पृष्ठभूमि : किरात धर्मावलम्बीहरुको महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने २००५ साल चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए । राष्ट्रिय विभूति फाल्गुनन्दले दश थुमका लिम्बु र १७ थुमका किरातीहरुलाई आजभन्दा ८८ वर्ष अघि पाँचथरको लब्रेकुटीमा वृहत चुम्लुङ (भेला) गराई तत्कालीन समाजमा भएका विकृति, विसङ्गति र […]

  • जोरपोखरी पाँचथर

    प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचथरको आकर्षक पर्यटकीय केन्द्र जोरपोखरी

    पृष्ठभूमि : सिंह र सिद्ध गरी दुईवटा पोखरी आमने सामने रहेकाले यी पोखरीलाई जोरपोखरी भनिएको हो । पछिल्लो समयमा सिंह पोखरीलाई भाले र सिद्धलाई पोथी भनेर वोलचालको भाषामा प्रयोग गर्न थालिएको छ । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, […]

  • फुङफुङे झरना

    मनै लोभ्याउने ताप्लेजुङको आकर्षक पर्यटकीय गन्तव्य फुङफुङे झरना

    पृष्ठभूमि : मनै लोभ्याउने ताप्लेजुङको पर्यटकीय गन्तव्य फुङफुङे झरना । ३०० मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामाकरण फुङफुङे भएको हुनुपर्दछ । परिचय ताप्लेजुङ सदरमुकामबाट १ दिनको पैदल दुरीमा पर्ने मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो । यो सुन्दर झरनामा झरेको पानी मेवा […]

  • तिम्बुङ पोखरी

    जाने होइन ताप्लेजुङको सुन्दर तिम्बुङ पोखरी

    पृष्ठभूमि : लिम्बु भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको बताईन्छ, जस अनुसार ते भनेको बन्दुक र बुङ भनेको पड्किएको आवाज भन्ने बुझिन्छ । केहीले भने लिम्बु भाषामा तिम्बु भनेको टिलपिल भरिएको भन्ने अर्थ रहेकाले तिम्बुङ पोखरी नामाकरण भएको पनि बताउने गरेका छन् । पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै गरी आवाज […]

  • भादा गाउँ

    घुम्न जाउँ भादा गाउँ

    पृष्ठभूमि : थारु समुदायको कला संस्कृति, परम्परा, वेषभूषाको अध्ययन अवलोकनका लागि कैलालीको भादा गाउँ घरवास मुख्य गन्तव्यका रुपमा परिचित हुन थालेको छ । शतप्रतिशत थारु चौधरी समुदायको बसोवास रहेको उक्त गाउँमा वर्षेनी भादा घरवास कार्यक्रम सञ्चालन गरिएसँगै थारु समुदायको संस्कृति, रहनसहन, परम्परा, वेषभूषाको अध्ययन अवलोकन गर्नका लागि प्रमुख गन्तव्य क्षेत्र बन्न थालेको हो । परिचय […]

  • रारा ताल

    स्वर्गकी भर्जिन अप्सरा : रारा ताल

    पृष्ठभूमि : बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ । ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । तालवरिपरि फन्को लगाउन गोरेटो बाटो छ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठदेखि आश्विन महिनासम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ । २०२० साल चैत २० गते तत्कालिन राजा महेन्द्र रारा […]

  • अशोक स्तम्भ

    कनकमुनि बुद्धको जन्मभूमि निग्लीहवा

    निग्लीहवा (निग्लीसागर) लाई कनकमुनि बुद्धको जन्मभूमि मानिन्छ । जहाँ सम्राट अशोकले शीला स्तम्भ निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ । निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित भई भुइँमा लडेको थियो । परिचय निग्लीहवा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा पर्दछ । कपिलवस्तुको निग्लीहवालाई प्रदेश नं. ५ कै नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरिएको छ […]

  • पर्यटकीय गन्तव्य पञ्चासे

    मनमोहक पर्यटकीय गन्तव्य पञ्चासे

    मनमोहक पर्यटकीय गन्तव्य पञ्चासे पृष्ठभूमि परापुर्वकालमा अयोध्याका राजा दशरथका भन्जा श्रवणकुमारका माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए । उनीहरु एउटा छोरा श्रवणकुमारको साहरामा नै बाँचिरहेका थिए । श्रवणकुमारले नै उनीहरुलाई बोकेर नै तिर्थ ब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे । घुम्ने क्रममा एकदिन उनीहरु एउटा ओडारमा वास बस्न पुगे छन् । हाल त्यो ठाउँ […]

  • कुलेखानी बाँध/इन्द्रसरोवर

    इन्द्रसरोवरको प्राकृतिक सुन्दरतामा भुल्दा

    पृष्ठभूमि तत्कालीन राजा वीरन्द्र शाहको पालामा विद्युत उत्पादन गर्न पानी सञ्चय गर्ने लक्ष्यले जलाशय निर्माण भएको थियो । श्री ५ युवराज्ञी इन्द्र राज्यलक्ष्मीको सम्झनामा यसको नामाकरण गरिएको हो । नेपालमा महत्वपूर्ण विद्युत आपूर्ति गर्दै आएको इन्द्रसरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । प्रकृतिले बनाएका जलाशय र तालहरु बाहेक यति ठूलो ताल नेपालमा मान्छेले […]

  • धनुषाधाम

    धनुषाको दोस्रो ठूलो धार्मिकस्थल धनुषाधाम

    पृष्ठभूमि रामायणमा उल्लेख भएबमोजिम राजा जनकको दरबारमा पिनाक धनुष उठाउने व्यक्तिसँग सीताको विवाह हुने शर्तबमोजिम अयोध्याका राजकुमार रामले धनुषा उठाई भाँचेको र त्यो धनुषा तीन खण्डमा विभक्त भई आकाश, पाताल र एउटा टुक्रा धनुषाधाममा खसेको भन्ने कुरा विभिन्न ग्रन्थमा लेखिएको जनविश्वास छ । सो धनुषको टुक्रा धनुषाधाम मन्दिरमा समेत स्थापित छ । हालपनि सो टुक्राको […]

  • सन्दकपुर

    इलामको मनोमहक सन्दकपुर

    पृष्ठभूमि  परापूर्वककालमा सन्त तथा महर्षिहरुले बडो कष्टपूर्ण जप-तप गर्ने स्थल भएको यो स्थानको नाम सन्तपुर रहन गएको जनविश्वास छ । कालान्तरमा सन्तपुरको नाम अपभ्रंश हुदै सन्दकपुर नाम रहन गएको हो । परिचय सन्दकपुर इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा अवस्थित जिल्लाकै उच्चस्थल चुचुरो हो । यसको उचाइ समुद्री सतहबाट ३६३६ मिटर रहेको छ । सन्दकपुर दक्षिण एसियामै […]

  • तिमाल

    घुम्न जानैपर्ने काभ्रेको सुन्दर ठाउँ तिमाल (फोटो फिचर)

    तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । झण्डै नेपालको नक्सासँग मेल खाने तिमाल क्षेत्रको हावापानी समेत फरक-फरक रहेको छ । तिमाल गाउँपालिकामा अवस्थित १७१४ मिटर उचाइमा रहेको कोट तिमालमा तमाङको मुख्य बसोबास छ । नेपाल एकीकरणको समयमा […]

  • बल्थली

    घुम्न जाने होइन सुन्दर ठाउँ बल्थली (फोटो फिचर)

    बल्थली राजधानीको कोलाहलबाट आजित भएकाहरुलाई प्रकृतिसँग रम्नका लागि उत्कृष्ट गन्तब्य हो । बल्थली काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-११ मा पर्छ । काठमाडौंबाट ३९ किलोमिटर दक्षिण पूर्वमा प्राकृतिक एवं सांस्कृतिक रुपले काभ्रेको महत्वपूर्ण सुन्दर गाउँ बल्थली हो । ट्रेकिङ्ग र हाइकिङको लागि उपयुक्त गन्तब्य बल्थली पनौतीबाट ७ किलोमिटरको दुरीमा पर्छ । डाँडै डाँडाले घेरिएको र बीचमा समथर जमिन […]

  • रानी महल पाल्पा

    नेपालको ताजमहल पाल्पाको रानीमहलको सुन्दरता (फोटो फिचर)

    नेपालको ‘ताजमहल’ भनेर चिनिने रानीमहल दरबारलाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । यसलाई भारतको ताजमहलसँग तुलना गरिन्छ । पाल्पा जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित उत्तरी मुख फर्काएर बनाइएको ऐतिहासिक दरवारमा आकर्षक कलाकृति देख्न सकिन्छ । नदी प्राय: उत्तरवाट दक्षिणतर्फ बग्ने गर्छ । रानी महल छेउमा कालीगण्डकी दक्षिणवाट उत्तरतर्फ बगेको छ । […]