२४ श्रावण २०८३, आइतबार

सुधार केन्द्रमा राखिएका व्यक्तिको मृत्यु भएपछि भक्तपुरमा तनाव


सुधार केन्द्रमा राखिएका व्यक्तिको मृत्यु भएपछि भक्तपुरमा तनाव

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवास्थित उत्साहित सुधार केन्द्रमा राखिएका एक व्यक्तिको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । केन्द्रमा रहेका उमेश शाहीको हत्या भएको आरोप लगाउँदै पीडित पक्षले प्रदर्शन गर्न थालेपछि प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

शाहीलाई ४ दिनअघि जाँडरक्सी छुटाउन भन्दै परिवारले भर्ना गरेकोमा आइतबार उनको मृत्यु भएको हो । पीडित पक्षले सुधार केन्द्रमा तोडफोड गर्न खोजेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !