१९ कार्तिक २०८३, बिहिबार

पदमुक्त आईजीपी कार्कीद्वारा बालेनको विशेष सुरक्षा सल्लाहकार बस्न अस्वीकार


दानबहादुर कार्की

काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘विशेष सुरक्षा सल्लाहकार’ को नियुक्ति पत्र बुझ्न अस्वीकार गरेका छन्।

हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो ।

तर कार्कीले पद र सुविधालाई अस्वीकार गर्दै पत्रसमेत नलिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्रोतले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल सरकारको ‘सचिव सरह’ को सेवा–सुविधा उपलब्ध गराउने गरी सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो ।

बैठकले उनलाई हटाएको पद प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसीलाई गरेको थियो । डा. केसीले दर्ज्यानी चिन्ह लगाएर पदभारसमेत सम्हालिसकेका छन् ।

आफ्नो कार्यकाल बाँकी छँदै सरकारले गैरकानुनी र पूर्वाग्रहपूर्ण ढङ्गले प्रहरी प्रमुखबाट हटाएको भन्दै कार्की कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !