तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । झण्डै नेपालको नक्सासँग मेल खाने तिमाल क्षेत्रको हावापानी समेत फरक-फरक रहेको छ । तिमाल गाउँपालिकामा अवस्थित १७१४ मिटर उचाइमा रहेको कोट तिमालमा तमाङको मुख्य बसोबास छ । नेपाल एकीकरणको समयमा […]