८ भदौ २०८३, सोमबार

बागमतीेका मुख्यमन्त्री थापाले विश्वासको मत लिने समय एकदिन पछि सर्यो


किरण थापा

हेटौँडा । बागमतीे प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने भएको छ । बैठक प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको हो ।

आज साँझ ८ः०० बजेका निर्धारण गरिएको बैठक भोलिका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले राससलाई जानकारी दिए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !