साउथह्याम्प्टन, २२ जेठ । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यस प्रतियोगितामा भारतको यो पहिलो खेल हो । विश्वकप जित्ने दाबेदार मानिएको भारतको टोली विराट कोहलीको कप्तानीमा रहेको छ ।