, समाज

समाज

  • लोक सेवा आयोग

    सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

    काठमाडौं, १६ जेठ । सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ । बिहीबार संघीय संसद्मा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै अत्यावश्यक सेवा बाहेकका सार्वजनिक निकायमा सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने जनाए । यस्तै, सरकारले कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पङ्क्तिमा रहेर […]

  • जटही नाका

    जटही र खजुरी नाका बन्द

    धनुषा, जेठ १६ । भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । भोकभोकै खान नपाएका कारण एक जनाको मृत्यु भएको एक दिन नबित्दै स्थानीय प्रशासनले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो । नेपाल-भारत सीमावर्ती क्षेत्र नाका हुँदै नेपाल भित्रिनका […]

  • लकडाउन

    लकडाउनबाट प्रभावितले राहत लिन श्रम अनिवार्य गर्नुपर्ने

    फिदिम, जेठ १६ । पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । कमजोर आर्थिक अवस्थाका तथा लकडाउनको प्रभावका कारण दैनिकी गुजार्न समस्यामा परेका गाउँपालिकावासीलाई राहत उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको […]

  • प्रधानमन्त्री रोजगार कार्यक्रम

    प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा रोजगारी प्रदान

    खलङ्गा, १५ जेठ । जुम्लाको हिमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमद्वाारा आर्थिकावस्था कमजोर भएका १६१ जनालाई कामसहित रोजगारी दिएको छ । गाउँपालिकाका विभिन्न वडामा आरसिसी, गोरेटो बाटो, सिँचाइ कुलो, ढल निकास र कृषि सडक निर्माणको काम दिएको तथा गाउँपालिकाले तयार पारेको तथ्यांकअनुसार अतिविपन्न र बेरोजगारलाई जारी बन्दाबन्दीका समयमा काम दिएको गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताउनुभयो […]

  • नारायणगढ–मुग्लिन सडक

    नारायणगढ मुग्लिन सडक अवरुद्ध

    मुग्लिन, १५ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना८ख १५५२ नंको टेलर एकापसमा ठोक्किँदा एक चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख […]

  • शेरबहादुर देउवा

    गणतन्त्र दिवसमा सभापति देउवाको शुभकामना सन्देश

    काठमाडौँ, जेठ १५ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु […]

  • मुख्यमन्त्री शंकर पोखरेल

    गणतन्त्र दिवस : मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देश

    जेठ १५ गते । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गणतन्त्र दिवसको अवसरमा सबै दिदी बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । पोखरेलले आज शुभकामना सन्देश जारी गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना व्यक्त गर्नुभएको […]

  • अग्निप्रसाद सापकोटा

    हरेक नेपालीको जीवनस्तर माथि उठाउनुपर्ने दायित्वमा दत्तचित्त भएर लाग्नुपर्छ : सभामुख सापकोटा

    काठमाडौँ, १५ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले १३ औँ गणतन्त्र दिवसले संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न तथा दलहरुबीच सुदृढ राष्ट्रिय एकता कायम गरी समृद्ध नेपाल निर्माण गर्ने महाभियानमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । यस अवसरमा आज शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले गणतन्त्र संँगसंँगै नयाँ संविधानमा संघीयता र धर्मनिरपेक्षता पनि […]

  • उपराष्ट्रपति नन्दबहादुर पुन

    कोभिड नियन्त्रणमा तीन तहका सरकारले गरेका कामले गणतन्त्रप्रति गर्व गर्ने वातावरण बन्यो : उपराष्ट्रपति

    काठमाडौँ, १५ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताउनुभएको छ । गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह […]

  • न्याय

    बादीलाई कोरोनाभन्दा भोकको चिन्ता

    घोडाघोडी, १३ जेठ । कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका बादी समुदायका महिलाले कोरोनाको महामारीमा पनि कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएको बताएका छन् । “हामीसँग कुनै काम छैन, पहिलाजस्तो देह व्यापार पनि सबैले गर्दैनन्, गाउँपालिकाले दिएको १५ किलो चामल सकिएको धेरै भयो, हामी भोकले मर्नुपर्ने अवस्थामा आइसकेका छौँ”, बादी समुदायमा बस्दै आउनुभएकी यमुना बादीले भन्नुभयो, “हामीले […]

  • water

    लुभूमा आलोपालो पानी वितरण

    ललितपुर, १२ जेठ । महालक्ष्मी नगरपालिका–८ लुभूमा आलोपालो खानेपानी वितरण गरिने भएको छ । लुभू खोलामा पानी सुक्दै गएको र आवश्यक मात्रामा दैनिक रुपमा खानेपानी भण्डारण गर्न नसक्दा उक्त निर्णय भएको हो । लुभूका एक हजार ३०० घरपरिवारले तल्लो दोभान खानेपानी आयोजनाको पानी प्रयोग गर्ने गरेको लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष इञ्जिनीयर रामबहादुर […]

  • रामचन्द्र पौडेल

    अदृश्य शक्ति कोरोनाले निम्ताएको संकटको सामना गर्न इद घरमा नै बसेर मनाऔ – नेता पौडेल

    काठमाडौँ, जेठ १२ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायका दिदिबहिनी दाजुभाईहरुमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन् । आज इदको शुभकामना दिदै सो कुरा बताएका हुन् । साथै उनले विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीका कारण समुदायले मिलेर […]

  • प्रचण्ड

    विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान : अध्यक्ष प्रचण्ड

    काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्नुभएको छ । आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको […]

  • शेरबहादुर देउवा

    इद उल फित्रले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने सभापति देउवाको विश्वास

    काठमाडौँ, १२ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना (इद मुवारक) व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत पवित्र इद उल फित्र पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको […]

  • अग्निप्रसाद सापकोटा

    इद उल फित्रबाट भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ : सभामुख सापकोटा

    काठमाडौँ, १२ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउनेक्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको इद उल फित्र (इद) पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने बताउनुभयो । नेपालमा मनाइने यस्ता पर्वले हामीबीच एकता र […]

  • प्रधानमन्त्री केपी शर्मा ओली

    एकता र सहिष्णुताका पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव […]

  • उपराष्ट्रपति नन्दबहादुर पुन

    इद उल फित्र आवश्यक सावधानी अपनाएर मनाउन उपराष्ट्रपति पुनको आह्वान

    काठमाडौँ, १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला पर्व आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने बताउनुभयो । उहाँले […]

  • राष्ट्रपति विद्यादेवी भण्डारी

    इदले सबै नेपालीको आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने छ : राष्ट्रपति भण्डारी

    काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनु भएको छ । इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उहाँले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा […]

  • सार्वजनिक बिदा

    भोलि सोमबार सार्वजनिक विदा

    काठमाडौँ, ११ जेठ । सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णयानुसार मुस्लिम सुमदायको इद उल फित्रको अवसरमा आज […]

  • Ministry-of-home

    चन्द्रमा नदेखिएपछि गृहले सच्चायो ईदको सार्बजनिक बिदा

    काठमाडौं, जेठ । नेपाल सरकारले ईद (उल फित्र) का अवसरमा आज आइतबार दिने भनेको सार्वजनिक बिदा भोलि १२ गते सोमबार कायम गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले फेरि अर्को नयाँ सूचना निकालेर ईदको सार्वजनिक बिदा भोली सोमवार दिने जानकारी दिएको छ । यसअघि शुक्रवार जेठ ९ एउटा सूचना निकालेर ईदको सार्वजनिक बिदा आज जेठ […]