, समाज

समाज

  • Nepalpatra

    कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न आग्रह दलित समाजको आग्रह

    २७ पुस, काठमाडौं । दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले महेन्द्र विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । […]

  • Mahottari

    घुर तापेर जाडो छल्दै महोत्तरीका दलित

    २७ पुस, बर्दिवास । “रमुआ हाथ, गोड ठिठूरगेल, कनि घुर सुन्गो न…” (रमुआ हात, गोडा कठङ्ग्रिएको छ, घुर (पतिङ्गर थुपारिएर बालिएको आगो) बाल्न), महोत्तरी भङ्गाहा नगरपालिका–६ हतिसर्वाको मदनपट्टीस्थित मुसहरीटोलकी भुठ्ठी सादाले छोरा रमुआलाई अह्राउनुभयो । ओढ्ने, ओछ्याउने र लगाउने न्यानो लुगा नहुँदा पुस अन्त्यको मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने […]

  • Nepalpatra

    थारूबस्तीमा माघीको रौनक

    २५ पुस, दाङ । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू बस्तीको हो । थारू जातिको महान् पर्व माघीको रौनक अहिले रजौराको थारू बस्तीमा मात्र होइनु जिल्लाका अधिकांश थारू बस्ती देख्न पाइन्छ । थारू बस्तीमा […]

  • छाउपडी

    छाउपडी मान्नेको सुविधा कटौती गरिने

    २५ पुस, अमरगढी । डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ । छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो । देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यूलगायत खानेकुरा खाए देवी रिसाउनेजस्ता कुरीति हटाउन चेतनामूलक […]

  • बालविवाह

    जुम्लामा ५० प्रतिशत बालविवाह

    २३ पुस, खलङ्गा । जुम्लाका ग्रामीण बस्तीमा अहिलेसम्म करिव ५० प्रतिशतले बालविवाह गर्ने गरेका छन् आधिकारिक तथ्याङ्क उपलव्ध नभए पनि ग्रामीण क्षेत्रमा ५० प्रतिशतले कानूनबमोजिम विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने प्रावधान बिपरित अझैसम्म परम्परा बमोजिम नै बालविवाह गर्ने गरेको सिञ्जा क्षेत्रका बासिन्दा बताउँछन् । कानूनी सुधारका लागि सरकारले नीतिगत तथा कानूनी प्रयास गरे पनि […]

  • child

    उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक

    २३ पुस, कञ्चनपुर । जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताउनुभएको थिएन । जन्मिँदादेखि दुई वर्षको हुँदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो । हाँस्थ्यो । तेस्रो वर्ष लागेपछि शरीर पूरै सुक्दै गयो । बोल्न छाड्यो । हिरादेवीले भन्नुभयो, […]

  • Nepalpatra

    युवा भारततिर गएपछि गाउँमा वृद्धवृद्धा मात्रै

    २२ पुस, डोटी । गाउँघरमा काम नपाउने भएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन् । पारिवारिक भेटघाट तथा दशैँ–तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन दर्जनौँको सङ्ख्यामा छिमेकी मुलुक भारतलगायत नेपालका विभिन्न ठाउँमा रोजगारीका लागि जान थालेका छन् । युवा रोजगारीको […]

  • Nepalpatra

    विभेद गरिए पनि उजुरी गर्दैनन् दलित

    २१ पुस, अमरगढी । डडेल्धुरा जिल्लामा पहिले भन्दा जातीय विभेदका घटना वृद्धि हुँदै आएको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ग्रामीण क्षेत्रका दलित समुदायमा दैनिकजसो विभेदको घटना भए पनि खुलेरै सम्बन्धित निकायमा उजुरी गर्ने आँट गर्न नसक्दा यस्ता घटनाले प्रश्चय पाइरहेको हो । वर्षाैदेखि ठूलो जातका अधिनमा बसेका दलित छुवाछुत विरुद्धका कुरा उठाए गाउँ नै […]

  • निधन

    बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली

    २० पुस, पर्वत । जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन् […]

  • Nepalpatra

    दलित बस्तीको अब्बल ‘बाल क्लब’

    ११ पुस, दुल्लु । दलित समुदायको बाहुल्यता रहेको दैलेखको गुराँस गाउँपालिका वडा नं ३ को खुम बस्ती । बस्तीको पुछारमा तीन कक्षासम्म पढाइ हुने विद्यालय । विद्यालय नजीकै माटो छाएको एक कोठे भवन । साँघुरो भवनभित्र कुर्ची, टेबल, नृत्य सामग्री तथा पोशाक सजाइएका । भित्ताहरु बाल विवाह तथा बाल अधिकारकाबारे बनाइएका पोष्टरहरुले रङ्गिएका । यही […]

  • Myagdi

    पुल नहुँदा अर्मनवासी सास्ती

    १० पुस, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनवासीले खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारका लागि पुल निर्माण नभएपछि अर्मनवासीलाई सास्ती भएको छ । स्थानीयवासीलाई खोलामा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने तथा पैदल हिँड्नुपर्ने बाध्यता छ । बाबियाचौरको पानाबगर र अर्मनको […]

  • Nepalpatra

    नयाँ घर बन्ने आस पलायो

    १० पुस, बर्दिवास । पातलो बोराले घेरिएको पालमा महोत्तरीका विभिन्न बस्तीमा बस्दै आएका मुसहरलाई अब आफ्नो नयाँ घर बन्ने आस पलाएको छ । प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले स्थलगत अनुगमन गरी जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन भवन चाँडै बन्ने आश्वासन दिएपछि मुसहरमा नयाँ घरमा बस्न पाइन्छ कि भन्ने आश पलाएको हो […]

  • Nepalpatra

    सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश

    ४ पुस, बाँके । पश्चिम राप्ती नदीको पानीबाट सिँचाइ पु¥याई कृषि उत्पादनसँगै आर्थिक विकासलाई गति दिने उद्देश्यले सिक्टा सिँचाइ आयोजनाको निर्माण शुरु गर्दा समृद्धिका सपना देखेका बाँकेबासी अहिले निराश भएका छन् । बाँकेको समृद्धिका रुपमा लिइएको आयोजना सञ्चालनमा नआउँदै भत्किएपछि उनीहरुमा नैराश्यता छाएको हो । त्रिचालीस वर्षअघि निर्माणको चर्चा चलेको सिक्टाको निर्माण कार्य शुरु भएको […]

  • telephone

    सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती

    ४ पुस, सिंजा, जुम्ला । तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ […]

  • विद्यालय

    भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

    २ पुस, धादिङ । थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी किताब बोकेर खाली खुट्टै विद्यालय निस्कन्छन् । दक्षिणी धादिङको बेनीघाटरोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालय कक्षा १ मा […]

  • badel

    बँदेल बस्ती पसेपछि सर्वसाधारण हैरान

    १ पुस, बर्दिवास । वनक्षेत्रबाट सरदर ४० किलोमीटर दुरी छिचोल्दै जङ्गली जन्तु बस्ती पसेपछि महोत्तरी जिल्लाको सुदुर दक्षिण क्षेत्रका बासिन्दा आजित भएका छन् । भारतसँग सीमा जोडिएका खैरबनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, भोलही र सग्रामपुरसहितका बस्तीमा जङ्गली जनावर पसेर बालीनाली सखाप पारेपछि सर्वसाधारण किसान हैरान भएका हुन् । उखु खेती गरिएका खेतबारीमा बँदेल र दुम्सी बाक्लै […]

  • Nepalpatra

    लोपोन्मुख जातिको सङ्ग्रहालय निर्माण गरिने

    २६ मङ्सिर, मङ्गलबारे । लोपोन्मुख लेप्चा जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिकाले लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गर्ने भएको छ । लेप्चा समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पाँच वर्षभित्रमा लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गरिने गाउँपालिका अध्यक्ष शमशेर राईले बताउनुभयो । गाउँपालिकाले बीसवर्षे कार्यनीतिक योजना निर्माण गर्दै आगामी पाँच वर्षभित्रमा सङ्ग्रहालय र घरबास […]

  • Nepalpatra

    मरिन्छ कि भन्ने चिन्ता अब लाग्दैन कालिका गाउँवासीलाई

    २६ मङ्सिर, सुनकोशी, सिन्धुपाल्चोक । हाम्रो यो गाउँमा….. घरहरु बनाइसक्या छौं, मिलेर सब ठाउँमा विकास गरौं हामी मिलेर, सबैले गाउँ गाउँमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ कालिकाका भूकम्पपीडितले आफ्नो खुशी गीतमार्फत यसरी मुखरित गरे । तीन वर्षअघि भूकम्पले घर भत्काएपछि रुखको ओतमा कैयौं रात बिताएका यहाँका पीडित सुरक्षित घरमा सर्न पाएको खुशीयालीमा गीतमार्फत आफ्ना भावना प्रष्ट्याएका हुन् […]

  • बाँके

    सुशासन समिति गठनमा स्थानीय तह उदासिन

    २६ मङ्सिर, बाँके । जिल्लाका आठवटै स्थानीय तहमा अहिले पनि सुशासन समिति गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । देश सङ्घीयतामा गइसके पनि स्थानीय तहले जानीजानी सुशासन अभियानमा लापरवाही गरेका छन् । सार्वजनिक सुनुवाइ त परै जाओस् सुशासन समितिसमेत गठन हुन सकेको छैन । स्थानीय तह प्रमुखको संयोजकत्वमा गठन गरिने उक्त समिति जिल्लाका स्थानीय तहमा […]

  • Water supply

    खानेपानीको समस्यामा मौलाथरवासी

    २५ मङ्सिर, बेझाड । पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् । गाउँमा खानेपानीको स्रोत नहुँदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् । बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ भौतारिनु परेको छ । […]