, समाज

समाज

  • marriage

    सप्तरीमा एउटाको गर्भ, अर्कोसँग विवाह

    सप्तरी, ८ असार । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बालिकाले गाईबस्तुका लागि […]

  • सर्वोच्च अदालत

    न्यायाधीश नियुक्ति गर्दा विविध आधार हुनसक्ने सर्वोच्चको फैसला

    काठमाडौँ, ७ असार । सर्वोच्च अदातलले न्यायाधीश नियुक्ति गर्नका लागि सक्षमता, आचरण र नैतिकताबाहेक अन्य आधार पनि निर्णायक हुने फैसला गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलाशले २०७६ फागुन २९ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै न्यायाधीश नियुक्तिमा समावेशी नभएको भन्दै दायर गरेको रिट खारेज गरेको हो । “न्यायाधीश कुनै अमूक […]

  • पहिरो खसेपछि थुनियो अरुणः परिवार विस्थापित

    खाँदबारी, ७ असार । सङ्खुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ । आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुमार करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन […]

  • बेसार

    सर्वगुणी बेसारः महिमा अपार

    चितवन, ७ असार । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न […]

  • प्रधानमन्त्री केपी शर्मा ओली

    योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो : प्रधानमन्त्री ओली

    काठमाडौँ, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यस्तो छ अन्तर्राष्ट्रिय याेग दिवसका अवसरमा प्रधानमन्त्रीकाे शुभकामना सन्देश […]

  • केपी शर्मा ओली

    हाम्रो देश आदिकालदेखि ऋषिमुनि तपस्वीहरुको पवित्र साधनास्थल हो : प्रधानमन्त्री ओली

    काठमाडौँ, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देश आदिकालदेखि ऋषिमुनि तपस्वीहरुको पवित्र साधनास्थल भएको बताउनु भएको छ । साथै प्रधानमन्त्री ओलीले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको पनि बताउनु भएको छ । प्रधानमन्त्री ओलीले छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यका […]

  • गृह मन्त्रालय

    गृह मन्त्रालयद्वारा राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

    काठमाडौं, असार ५ । नेपाल सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड-२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो । मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले […]

  • लकडाउनबाट प्रभावित गर्भवती महिलालाई समाजसेवी महेश र संगीताले दिए राहत

    सिरहा ३ असार । सिरहाको लहान नगरपालिका वडा नम्बर १५ ढोढनामा दलित गर्भवती महिलाहरुलाई लक्षित गरी राहत वितरण गरेको छ । लकडाउनबाट प्रभावित गरीब, बिपन्न परिवारले रोजगारी गुमाएको गर्भवती महिलाहरुलाई समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले गरीव, दलित, असहाय गर्भवती, महिलाहरुका कुपोषित बच्चा नजन्मियोस भन्ने उद्धेश्यले पौष्टिक आहार अथवा गर्भवती माहिलालाई सुत्केरी अबस्थामा खानेकुराहरु […]

  • श्रमदान

    श्रमदानमा खट्दै भकिम्लीवासी

    गलेश्वर, २ असार । म्याग्दीको बेनी नगरपालिकाभित्रको जोखिमयुक्त सडकको रुपमा परिचित बेनी– बगरफाँट– दूधेखोला– भकिम्ली सडक स्तरोन्नतिका लागि भकिम्लीवासी बन्दाबन्दी र वर्षामासको समयमा पनि श्रमदानमा खटिरहेका छन् । पर्याप्त बजेट हुँदाहुँदै पनि विकास निर्माणका कैयौं योजना÷आयोजना सञ्चालन हुन नसकिरहेको अवस्थामा भकिम्लीमा भने जनस्तरबाट नै धमाधम काम भइरहेको छ । डेढदशक अघि चन्दा सङ्कलन गरेर ट्र्याक […]

  • गैँडा

    चितवन राष्ट्रिय निकुञ्जमा ११ महिनामा २६ गैँडा मरे

    चितवन, २ असार । चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन् । तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार एउटा हावाहुरीले ढलेको रुखले किचेर मरेको हो भने अन्य जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेर, […]

  • नारायणगढ-मुग्लिनको धसिएको सडक

    नारायणगढ-मुग्लिनको धसिएको सडक बनेन

    चितवन, २ असार । नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार १७ किलोमा चारदेखि चार दशमलव पाँच मिटर फराकिलो ४० मिटर लामो […]

  • डेरी उद्योग

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    गलकोट, २ असार । बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ । सङ्घले दूधको मूल्यवृद्धिसँगै दुग्धजन्य पदार्थको समेत मूल्य […]

  • सुकुम्बासी बस्तीमा दोस्रो पल्ट राहत दिन पुगे अभियान्ता जोडी

    सिरहा, असार १ । सिरहाको लहान नगरपालिका वडा नम्बर १३,२४ पकिटोल सुकुम्बासी बस्तीमा राहत दिन महेश र संगीताकी जोडीले दोस्रो पल्ट पुगेका छन् । जेठ ११ गते देखी नेपालमा देशब्यापी रूपमा सरकारले लकडाउन गरेका हुन् । बिश्व माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको जोखिमबाट सुर्छित रहन नेपालमा लकडाउन गरेको हो । पकिटोलमा करिब एक सय घरधुरीको […]

  • दुई पाङ्ग्रे सवारी साधन

    दुई पाङ्ग्रे सवारीमा पनि जोरबिजोर प्रणाली लागू हुने, २ जना बस्न नपाइने

    काठमाडौँ, असार १ । देशभर आजदेखि दुई पाङ्ग्रे सवारीहरु जस्तै मोटरसाइकल वा स्कुटरमा पनि जोरबिजोर प्रणाली लागू हुने भएको छ र साथै २ पाङ्ग्रे सवारी साधनमा पनि २ जना बस्न नपाइने भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यका लगायत देशभर आज बिजोर नम्बरका निजी सवारी साधनहरु सञ्चालन भएका छन् । आज बिहान कुनै […]

  • Nepal patrakar-mahasangh

    सम्पादकलाई धम्की, नेपाल पत्रकार महासङ्घद्वारा सुरक्षाको माग

    काठमाडौँ, १ असार । नेपाल पत्रकार महासङ्घले समाचार लेखेकै कारण ‘काठमाडौँ प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ । “समाचारको विषयलाई लिएर काठमाडौँ प्रेस डटकमका प्रबन्ध सम्पादक परियारलाई सुमेग ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको […]

  • अफिस_कार्यालय

    आजबाट कार्यालय दुई सिफ्टमा सेवा संचालन हुँदै

    काठमाडौँ, १ असार । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड-१९ को जोखिम कम […]

  • दीपावली

    नेपालको नक्सा संसदवाट पारित भएको खुशियालीमा देशभर दीपावली

    काठमाडौँ, ३१ जेठ । कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा आज देशभर दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले दुई तिहाइभन्दा बढी मतले सोसम्बन्धी प्रस्ताव पारित गरेको थियो । दमौली– नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको […]

  • बालुवाटारमा प्रदर्शनकारीमाथि अश्रु ग्यास, पानीको फोहोरा र लाठी चार्ज

    जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नि कोरोना

    काठमाडौँ, ३१ जेठ । पछिल्ला दिनमा राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा अनावश्यक रुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित भएका व्यक्तिबाट कोरोनाको भाइरस सङ्क्रमण हुने सम्भावना बढी हुने देखिन्छ । मन्त्रालयले लकडाउनका समयमा अनावश्यकरुपमा भीडभाड नगर्न तथा […]

  • सुध्रिँदै विपन्नको जीवनस्तर

    पाल्पा, ३१ जेठ । रिब्दीकोट गाउँपालिका–५ ठिमरेका तेजबहादुर बगालेसँग पेशा–व्यवसाय सञ्चालन गर्न हातमा पैसा थिएन । पर्याप्त पैसाको अभावमा कुनै व्यवसाय सञ्चालन गर्न पनि नसकिँदो रहेछ । परम्परागत खेतीपातीबाट सोचेजस्तो आम्दानी नभएपछि बगाले परिवारलाई जीविकोपार्जन गर्न निकै सकस परेको थियो । प्रदेश नं ५ मा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले व्यावसायिक ढङ्गबाट मौरीपालन गर्न आधुनिक […]

  • sahayog_help_Money

    कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

    गुलरिया, ३० जेठ । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई बढैयाताल गाउँपालिकाले राहत दिने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामलाई थप प्रभाकारी बनाउन पालिकाले उक्त निर्णय गरेको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । कोरोना भाइरस रोकथाम नियन्त्रण गर्न अग्रपङ्क्तिमा खटिएका जनप्रतिनिधि, पालिकाले खटाएका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक र पालिकाबाट खटाइएका व्यक्तिको […]