गण्डकी प्रदेशमा ३ महिनालाई पुग्ने औषधि मौज्दात
पोखरा, २६ फागुन । औषधि व्यवसायी सङ्घ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आइतबार यहाँ आयोजित छलफलमा व्यवसायीले बजारमा औषधि अभाव नरहेको जानकारी दिए ।