समाचार

  • PM KP Sharma Oli

    स्वास्थ्य परीक्षणका लागि ओली आज थाइल्यान्ड जाँदै

    ७ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज थाइल्याण्डको राजधानी बैंकक जाँदै छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लागेका हुन् । मृगौला प्रतयारोपण गरेका ओली दुई वर्षअघि गम्भीर बिरामी भएपछि नयाँदिल्ली र थाइल्याण्डमा उपचार भएको थियो । त्यसपछि उनी नियमित चेकजाँचको लागि थाइल्याण्ड जाने गरेको भएपनि […]

  • crowded

    आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरहरुमा दर्शनार्थीको घुँइचो

    ९ भदौ, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ […]

  • earthquake wave

    म्यानमारमा शक्तिशाली भूकम्प, नेपालसम्म धक्का

    काठमाडौं – म्यानमारमा बुधबार दिउँसो ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का नेपालको पूर्वी भागसम्म महसुस भएको थियो । त्यस्तै भारतको कोलकाता, गुवाहाटी र बंगालदेशमा पनि धक्का महसुस भएको बताइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ बजेर १९ मिनेटमा नेपालको पूर्वी भागमा मात्र यसको धक्का महसुस गरिएको छ । अमेरिकी जिओलोजिकल […]

  • 6.2 earthquake in italy

    तस्बिरमा हेर्नुहाेस् ६.२ म्याग्निच्युडको भूकम्पले इटालीमा मच्चाएको विनाश

    रोम– इटालीको राजधानी रोम नजिकैको शहर पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले बताएको छ। स्थानीय समयअनुसार बिहान ३ बजेर ३६ मिनेट जाँदा पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको र यसको गहिराई १० किमी भएको युएसजिएसले जनाएको छ। भूकम्पको धक्का २० सेकेण्डसँग महसुस गरिएको […]

  • italy earthquake

    इटालीमा शक्तिशाली भूकम्प, क्षति विवरण आउन बाँकी

    इटालीमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ। इटालीको राजधानी रोम नजिक पेरुगिएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ। नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट (स्थानीय समय : बिहान ३ बजेर ३६ मिनेट)जाँदा भूकम्प गएको हो। राजधानी रोमसम्म धक्का महसुस भएको भूकम्पको […]

  • fashion era nepal

    नेपाल फेसन एरा २०१६ भदौ ३१ गते काठमाण्डौको अन्नपूर्ण होटलमा

    नेपाल फेसन हाउस र सगरमाथा फाउण्डेशनको संयुक्त आयोजनामा ‘नेपाल फेसन एरा २०१६’को आयोजना हुने भएको छ । भदौ ३१ गते काठमाण्डौको अन्नपूर्ण होटलमा ३३ जना मोडलले र्‍याम्प नाप्नेछन् । दोलखा जिल्लाको लोपन्मुख थामी जातीको संग्राहलय निर्माण गर्ने मुख्य उद्देश्यका साथ फेसन शो आयोजना गर्न लागिएको हो । निजी संस्थाले पनि सामाजिक उतरदायित्व बहन गर्न सकियोस् […]

  • lilamani-poudel

    नागरिक सचेत नभए देश विकास असम्भव : पूर्व मुख्यसचिव पौडेल

    दाङ, नेपाल सरकारका पूर्व मुख्य सचिव एव वाग्मती सरसरफाईका अभियन्ता लिलामणि पौडेलले सचेत र जिम्मेवार नागरिक नभएको देशको विकास असम्भव हुने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार तुलसीपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेपाली जनताको सोच सरकारमुखी भएका कारण कुनै पनि क्षेत्रको सोचेजति विकास हुन नसकेको भन्दै पौडेलले […]

  • licence line

    अब लाइसेन्सको फारम बुझाउन रातभरि लाइन बस्न नपर्ने

    ७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने छ । बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि […]

  • NEA

    प्राधिकरण घाटामा कर्मचारीलाई सुविधै सुविधा

    ७ भदौ, काठमाडौं । वर्षैदेखि घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दर्जनभन्दा बढी सुविधा थप गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माको सहमतिमा प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई एकैपटक अत्यधिक सेवा सुविधा बढाएको हो । प्राधिकरण सञ्चालक समितका अध्यक्ष एवं उर्जा सचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा बसेको सञ्चालक समितको […]

  • oil nepal

    पेट्रोलियम पदार्थको वितरण सहज गर्न प्रधानमन्त्रीको निर्देशन, निगम भन्छ- ‘मंगलबारदेखि सहज’

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको सहज व्यवस्थापन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन्। आपूर्तिमन्त्री दीपक बोहरालाई टेलिफोन गरेर उपत्यकामा देखिएको इन्धन अभाव तत्काल समाधान गर्न उनले निर्देशन दिएका हुन्। ‘उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ। पेट्रोल पम्पमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? तत्काल समाधानका लागि प्रयत्न […]

  • akhtiyaaar

    अख्तियारका कर्मचारीलाई १० लाख घुस दिन खोज्ने पक्राउ

    काठमाडौं- अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आयोगका कर्मचारीलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ। घुस दिन खोज्ने दुई जनालाई आयोगको टोलीले दरवारमार्गबाट १० लाख सहित पक्राउ गरेको हो। आयोगबाट खटिगएको टोलीले बुद्द एकेडेमी आवासिय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष छिरिङ वाङ्गेल शेर्पा र अखिल नेपाल हिमाली वौद्द संघका अध्यक्ष सोनाम छिरिङ शेर्पालाई घुस रकम अनुसन्धान अधिकृतहरुलाई […]

  • electricity

    सरकारी निकाय नै तिर्दैनन विद्युत महसुल, सडक बत्तीको मात्रै ३ अर्ब बक्यौता

    ६ भदौ, काठमाडौं । समयमै विद्युत महसुल नतिरेको भन्दै उर्जामन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले लाइन काट्न थालेको छ । तर, विद्युत महसुल नतिर्नेमा निजी क्षेत्र र व्यक्ति मात्र होइन, सरकारी निकायहरु नै अगाडि देखिएका छन् । काठमाडौं महानगरपालिका विद्युत उपयोग गरेबापत प्राधिकरणलाई तिर्नुपर्नेमध्ये ९० करोड रुपैयाँ तिरेको छैन । महानगरपालिकाले काठमाडौं उपत्यकाको सडक वत्तिको महसुल […]

  • gun firing

    दाङमा गोली हानी दुई जनाको हत्या

    दाङको गढुवामा आइतबार राति गोनी हानी दुई जनाको हत्या भएको छ। गढुवा–५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ वर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए। एसपी सिंहका अनुसार गोली लागि गम्भीर घाइते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै […]

  • Tractor-accident

    ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

    रौतहटः रौतहटमा आइतबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । चन्द्रनिगाहपुर गौर सडक खण्डको हर्साह नजिकै ना ४ त १६७१ नम्वरको ट्याक्टर दुर्घटना हुँदा गरुडा नगरपालिका ११ का ट्याक्टर चालक अव्दुल मिया, सोहि ट्याक्टरका मजदुर शेष जलाउद्दिनको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन […]

  • bazaar anugaman

    अनुगमन टोलीलाई धम्क्याउँदै चेम्बरका सदस्यले भने- ‘मैले मन्त्रीसँग कुरा गरिसकेको छु’

    काठमाडौं : बजार अनुगमन गर्न पुगेको आपूर्ति मन्त्रालयको टोलीलाई नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्यले धम्की दिएका छन्। नयाँबजारस्थित अर्गानिक किचेन मार्टमा पुगेको टोलीलाई अनुगमनक्रममा कृष्णमान श्रेष्ठले ‘म चेम्बर अफ कमर्सको कार्यकारी सदस्य हुँ, मैले मन्त्रीसँग कुरा गरिसकेको छु’ भन्दै धम्क्याएका हुन्। चेम्बरको हवाला दिँदै धम्क्याउन थालेपछि एउटै स्टोरमा करिब एक घन्टासम्म टोली र व्यवसायीबीच […]