समाचार

  • accident

    यात्रुको मृत्यु भए आजिवन सवारी चलाउन नपाउने

    चालकको लापरबाहीका कारण सवारी दुर्घटनामा यात्रुको मृत्यु भएमा चालकको लाइसेन्स सदाका लागि रद्द हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गरेको खबर आजको गोरखापत्र दैनिक र नयाँ पत्रिकामा छापिएको छ। संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उक्त […]

  • sajha-bus

    दुई साताभित्र साझाका ३० बस काठमाडौँ आइपुग्ने

    काठमाडौँ महानगरपालिकाको रु दश करोड लगानीमा साझाले ल्याउन लागेको तीसवटा बस दुई साताभित्र काठमाडौँ आइपुग्ने भएको छ । साझा यातायातका कामु निर्देशक महेन्द्रराज पाण्डेकाअनुसार ढिलोमा दसैँ अघि नै उपत्यकामा साझाका नयाँ बस गुड्ने छन् । साझाले हाल उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ ।

  • accident

    संसदमा सडक दुर्घटना रोक्ने छलफल भइरहदा अर्घाखाँचीमा जीप दुर्घटना, ९ जनाको मृत्यु

    १२ भदौ, अर्घाखाँची । अर्घाखाँचीको हंसपुर गाविसमा जीप दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरहृवील जीप हंशपुर गाविस ५ रतनमोर बजार नजिकै पोष्टापाटको भीरबाट ७०० मिटर तल खसेको थियो । जीप खसेको स्थानमा थोरै उकालो रहेकाले ब्याक भएर खसेको हुनसक्ने […]

  • Rani-pokhari

    रानीपोखरी पुनर्निर्माणमा तीव्र विवाद, पुरातत्वविद् र स्थानीय संघसंस्थाद्वारा विरोध

    काठमाडौं, १२ भदौ – ऐतिहासिक रानीपोखरी पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाले लापरवाही गरेको भन्दै स्थानीय संघसंस्था र पुरातत्वविद्हरूले विरोध जनाएका छन् । पुनर्निर्माणप्रति असन्तुष्ट स्थानीय र पुरातत्वविद्हरूले गएको बुधवार काठमाडौंमा विरोध प्रदर्शन गरेका थिए । राष्ट्रिय सम्पदाका रूपमा रहेको रानीपोखरी निर्माणमा सिमेन्ट र डण्डी प्रयोग गरेर पोखरीको मौलिकता बिगारेको भन्दै उनीहरूले विरोध जनाएका हुन्। भूकम्पले रानीपोखरीमा क्षति […]

  • Raktachandan

    तस्करहरुबाट बरामद १८ करोडभन्दा बढीको रक्तचन्दन कुहनि थाल्यो

    १२ भदौं, काठमाडौं । सुरक्षाकर्मीले बरामद गरेको झन्डै साढे १८ करोडबराबरको रक्तचन्दन कुहिन थालेको छ । भारतबाट नेपालको बाटो हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रममा बरामद रक्तचन्दन त्यसै कुहिन थालेको वन विभागका प्रवक्ता चन्द्रमान डंगोलले बताए । सुरक्षाकर्मीले विभिन्न स्थानबाट विभिन्न समयमा दुई लाख २९ हजार तीन सय ४६ किलो रक्तचन्दन बरामद गरेको छ । […]

  • nepali_rupees

    अपराधी पक्रने प्रहरी कमिसन खाने कर्मचारी !

    १२ भदौं, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार अदालतद्वारा एक–एक वर्ष कैद र सात लाख ३१ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका मोहम्मद अनवर तथा मोहम्मद वसिमलाई पक्राउ गर्यो । सिआइबीले उनीहरूलाई पक्राउ गर्न संलग्न प्रहरीको नामसहित जिल्ला अदालत काठमाडौंमा प्रतिवेदन बुझायो । तर, अदालतले मंगलबार नै अर्काे प्रतिवेदन बनायो । जसमा पक्राउ गर्नेको […]

  • shaktikhor

    चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउन प्रधानमन्त्री सकारात्मक

    काठमाडौं : चितवनका उद्योगी तथा व्यवसायीले जिल्लाको शक्तिखोरलाई औद्योगिक नगरीको रुपमा विकास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। चितवन उद्योग सङ्घका प्रतिनिधिले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेको भेटवार्ताका क्रममा शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्न र त्यसको लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। शक्तिखोरमा हाल दुई हजार पाँच सय बिघा जग्गा रहेको […]

  • jail

    नवजात शिशुको हत्या गर्ने १८ वर्षकी आमा र उनका १९ वर्षका प्रेमीलाई जन्मकैद

    पर्वत : अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ। पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो भने उनका प्रेमी बागलुङ नगरपालिका–१ रामरेखाका १९ वर्षीय मनोज बोहोरालाई जन्मकैद सजाय सुनाएको हो। पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश […]

  • trishuli

    रात्रीबस त्रिशूलीमा दुर्घटना हुँदा, २० जनाको मृत्यु, १७ घाईते

    राैतहट- राैतहट सदरमुकाम गाैरबाट पाेखरातर्फ जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ भने १७ घाईते भएका छन् केही अबस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नारायणघाट सडक खण्डको कालीखोला नजिकबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ ५कालीखोलामा झण्डै सय मिटर तल […]

  • khemraj-gurung

    ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

    काठमाडौँः चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए । गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित छ । थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको […]

  • earthquake italy

    इटालीमा भूकम्पमा परि ज्यान जानेको संख्या २ सय ४७ पुग्यो

    इटली भूकम्प इटालीमा भूकम्पमा परि ज्यान जानेको संख्या २ सय ४७ पुगेको छ । बुधबार बिहान भएको ६ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण तीन सय ६८ जना घाइते भएको इटालीको नागरिक सुरक्षा अधिकारीले बताएका छन् । राजधानी रोमबाट एक सय किलोमिटर उत्तर–पूर्वमा रहेको पेरुगिए शहर केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पका कारण […]

  • Band

    अनुदान मल बेच्न पाउने भन्दै उद्योग वाणिज्य संघद्वारा बजार बन्द

    गोरखा- किसानलाई सरकारले दिएको अनुदानको रसायनिक मल बिक्री गरेको आरोपमा पक्राउ परेका ब्यवसायीलाई छुटाउन उद्योग वाणिज्य संघ गोरखाले आज बजार बन्दको आह्वान गरेको छ। सरकारले बजार अनुगमन गरेर कालोबाजारीलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन गरेकै दिन मंगलबार गोरखामा अनुदानको मल बेच्ने ब्यापारी पक्राउ परेका थिए। बिना सर्त छाड्नुपर्ने माग गर्दै बिहानैदेखि उद्योग वाणिज्य संघका पदाधिकारीले […]

  • PM KP Sharma Oli

    स्वास्थ्य परीक्षणका लागि ओली आज थाइल्यान्ड जाँदै

    ७ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज थाइल्याण्डको राजधानी बैंकक जाँदै छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लागेका हुन् । मृगौला प्रतयारोपण गरेका ओली दुई वर्षअघि गम्भीर बिरामी भएपछि नयाँदिल्ली र थाइल्याण्डमा उपचार भएको थियो । त्यसपछि उनी नियमित चेकजाँचको लागि थाइल्याण्ड जाने गरेको भएपनि […]

  • crowded

    आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरहरुमा दर्शनार्थीको घुँइचो

    ९ भदौ, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ […]

  • earthquake wave

    म्यानमारमा शक्तिशाली भूकम्प, नेपालसम्म धक्का

    काठमाडौं – म्यानमारमा बुधबार दिउँसो ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का नेपालको पूर्वी भागसम्म महसुस भएको थियो । त्यस्तै भारतको कोलकाता, गुवाहाटी र बंगालदेशमा पनि धक्का महसुस भएको बताइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ बजेर १९ मिनेटमा नेपालको पूर्वी भागमा मात्र यसको धक्का महसुस गरिएको छ । अमेरिकी जिओलोजिकल […]