समाचार

  • supath-mulya

    असोज १ देखि सुपथ मूल्य पसल, कहाँ-कहाँ रहनेछन् ? (सूचीसहित)

    काठमाडौँ, २३ भदौ – ठूला चाडपर्व दसैँ, तिहार र छठ नजिकिँदै गर्दा उपभोक्तालाई लक्षित गरेर सरकारले आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी थालेको छ । मुख्य चाडपर्वका समयमा बजारमा हुने उपभोग्य वस्तुको मूल्यवृद्व र कालोबजारीलाई दृष्टिगत गर्दै सरकारले प्रत्येक वर्ष यस्तो सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । नेपाल खाद्य […]

  • काठमाडौंको चन्द्रागिरीमा बिहानै प्रहरी र लुटेरासमूहवीच गोली हानाहान

    काठमाडौंको चन्द्रागिरी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ।चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान ५ बजेर २२ मिनेटतिर गोली हानाहान भएको हो। लुटेरा समूहलाई पछ्याउने क्रममा प्रहरीमाथि २ राउण्ड गोली फायर भएको र प्रहरीले पनि २ राउण्ड गोली चलाएको काठमाडौं प्रहरीका एसपी प्रद्युम्न कार्कीले बताए। दुवै तर्फ क्षति […]

  • lekhnath

    पोखरा लेखनाथमा पहिरो, ४ बालबालिकाको मृत्यु

    २३ भदौ, पोखरा । बुधबार रातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले लेखनाथ-४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वालक र २ वालिका रहेका छन् । राति करीब ११ बजे घर माथीबाट आएको पहिरोले गारो भत्काएर घर पुरिदा लक्ष्मी सुनारको १४ वर्षीया छोरा निशान सुनार, ९ वर्षीया छोरी रविना सुनार, ७ […]

  • balak

    उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या

    नेता तथा पहुँचवाला व्यक्तिको उपचारमा हरेक वर्ष सरकारले करोडौँ रकम बाँडिरहँदा एक युवकले भने उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या गरेका छन् । दोलखा मालुका १९ वर्षीय विजय खड्काले मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् । दुवै मिर्गौला फेल भएका खड्काले त्रिवि शिक्षण अस्पतालमा डायलोसिस गराउँदै आएका थिए । डेढ वर्षयता […]

  • kumar lama

    बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामालाई अदालतको सफाइ

    काठमाडौं २१ भदौ–विगत साढे तीन बर्षदेखि बेलायती प्रहरी /प्रशासनको नियन्त्रण, निगरानी र नजरबन्दमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामालाई नजरबन्दबाट मुक्त गर्न त्यहाँको अदालतले आदेश दिएको छ । बेलायती अदालतले मङ्गलबार पर्याप्त प्रमाण र आधारबिना मुद्दालाई थप अघि बढाउन नसकिने निर्णय गरेको बेलायतस्थित नेपाली राजदूतावासलाई उद्धृत गर्दै परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए । लोकान्तरले […]

  • Shyam-Sundar-Gupta

    अपहरणको धम्की दिएर पचास लाख माग्ने पूर्वमन्त्री गुप्ता समातिए

    काठमाडौं : एक महिला व्यवसायीलाई अपहरणको धम्की दिएर पचास लाख असुल गर्न खाजेको आरोपमा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन्। उनलाई ललितपुर प्रहरी परिसरले सोमबार ताल्छिखेलबाट पक्राउ गरेको हो।महिला व्यवसायीलाई धम्क्याएर ५० लाख रुपैयाँ मागेको उजुरीको छानबिनको क्रममा पूर्वमन्त्री गुप्तालाई पक्राउ गरिएको ललितपुर परिसरका डिएसपी इश्वर कार्कीले जानकारी दिए। पूर्वमन्त्री गुप्ता आफैले एक व्यवसायी […]

  • accident

    त्रिशुली नदीमा ट्रक खस्दा, दुईको मृत्यु , दुई जना घाइते

    काठमाडौँ : चितवनको दारेचोक ७ चुङखोलामा आज विहान पौने ४ बजे एउटा ट्रक खसेको छ। ना ३ ख ९९०६ नम्बरको ट्रक अनियन्त्रीत भई त्रिशुली नदी किनारमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रक चालक बारा मोतिसारका २६ वर्षीय राज कमार साह कानुको सनाखत भएको छ। अर्का नाम […]

  • rishi panchami

    आज ऋषि पञ्चमी, सप्तर्षिको पूजा गरी मनाइदै

    २१ भदौ, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तषिर्को पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै […]

  • ex moist fighter

    डिल्लीबजार कारागारमा पूर्वलडाकुको मृत्यु

    काठमाडौं- माओवादी पूर्वलडाकु सञ्जय जर्घामगरको डिल्लीबजार कारागारमा मृत्यु भएको छ। ठगी आरोपमा पक्राउ परेका २५ वर्षीय मगरको आइतबार बिहान २ बजेतिर मृत्यु भएको हो। मकवानपुर, भैंसेका मगरलाई प्रहरीले गत साउन ९ गते गट्ठाघरस्थित प्रवीण आयल स्टोरमा मिटर बिगारेर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो। मगरले उक्त आयल स्टोर ठेक्कामा लिई सञ्चालन गरेका थिए। कारागार प्रमुख […]

  • Bazzz Ardrin in nepal

    चन्द्रमामा पाइला टेकेका बज एल्ड्रिन लुम्बिनीमा

    चन्द्रमामा दोस्रोपटक पाइला टेकेका अमेरिकी नागरिक बज एल्ड्रिन आइतबार राति १० बजेर ३० मिनेटमा काठमाडौं आइपुगेका हुन्। फ्लाइट दुबईको जहाजबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएका एल्ड्रिनलाई एभरेष्ट साइन्स सेन्टरका सञ्चालक युवा वैज्ञानिक दिलीप अधिकारीले स्वागत गरे। राति काठमाडौंस्थित याक एण्ड यति होटलमा विश्राम गरेका एल्ड्रिन सोमबार बिहान लुम्बिनी पुगेका छन्। एल्ड्रिनसँगै रहेका अधिकारीका अनुसार […]

  • teej

    आज पशुपतिमा पुरूषलाई प्रवेश निषेध, महिलाहरू बिहान तीनबजेदेखि लाइनमा

    हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा आज बिहानैदेखि मुलुकभरका शिव मन्दिरमा भीड लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि व्रतालु महिलाको पानीमा रूझ्दै दर्शनका लागि लाइन लागेका छन्। व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको छ। दर्शनार्थीका लागि बिहान ३:३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य […]

  • syanga landslide

    पहिरोमा पुरिएर स्याङ्जामा चार जनाको मृत्यु

    काठमाडौँ : गएराति मुसलधारे पानीसँगै खसेको पहिरोले एक घर पुरिएर स्याङ्जाको केवरेभञ्ज्याङ–७ ताप्केमा एकै परिवारका चारजनाको ज्यान गएको छ। वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार राति साढे १ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिएर ७८ वर्षीया चन्द्रकुमारी सारु, निजकी नातिनी ३० वर्षीया हुमकला मश्राङ्गी, हुमकलाकी छोरी सात वर्षीया पुनम मश्राङ्गी र १ वर्षीय […]

  • pashupatinath teej

    अब पशुपतिमा शुल्क तिरेर दर्शन गर्न नपाइने, सबै लाइन बस्नु पर्ने

    काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले यसवर्ष हरितालिका पर्वमा पशुपतिनाथको मन्दिरमा सशुल्क दर्शनको व्यवस्था हटाएको छ। मन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि रु एक हजारको टिकटको व्यवस्था कोषले गर्दै आएको थियो। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा गोविन्द टण्डनले मन्दिरमा आउने दर्शनार्थीको सहजतालाई व्यवस्थित बनाउन नेपाल प्रहरीको संयोजकत्वमा ‘एकीकृत […]

  • teej dar

    आज तीजको दर खाने दिन

    १८ भदौं, काठमाडौं । विभिन्न मिष्ठान्न परिकारका साथ आज दर खाएर तीज पर्व मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरुले दर खाने प्रचलन छ । भोली पल्ट बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध […]

  • child

    गाड्न खोज्दा शिशु रोएपछि…

    मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ। शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म हुने प्रतिक्रिया जनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पुर्‍याए। रूकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखवाङ–७ का २७ वर्षीय गोपाल […]