समाचार

  • us-election-trump

    अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई अग्रता, क्लिन्टन सुरुदेखि नै पछाडि

    काठमाडौँ : अमेरिकामा नयाँ राष्ट्रपति चुन्न भएको निर्वाचनको प्रारम्भिक परिणामले डोनल्ड ट्रम्प राष्ट्रपति हुने संकेत देखिएको छ। मतपरिणाम अनुसार सुरुदेखि नै उनको अग्रता कायम छ। चुनावअगाडि मूलधारका मिडियाले गरेका सारा अनुमानहरुविपरीत हिलारी क्लिन्टन सुरुदेखि नै मतपरिणाममा पछाडि परिरहेकी छिन्। ट्रम्पले भने राष्ट्रपति निर्वाचित हुनका लागि जित्न आवश्यक मुख्य मुख्य राज्यहरुमा लगातार जित हात पारिरहेका छन्। […]

  • us-election

    संयुक्त राज्य अमेरिकामा राष्ट्रपतीय निर्वाचन आरम्भ

    संयुक्त राज्य अमेरिकामा एकदमै तिक्ततापूर्ण चुनाव प्रचारप्रसार अभियानको अन्त्यसँगै अमेरिकीहरु नयाँ राष्ट्रपति चयन गर्न मतदान केन्द्रतर्फ गइरहेका छन्। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा देशको पूर्वी तटीय राज्यहरुमा मतदान जारी छ। विभिन्न छ वटा समय रेखामा छरिएर रहेका ५० वटा राज्य र वाशिंगटन डीसीमा मंगलबार मतदानको दिन हो। ‘इस्ट कोस्ट’ भनिने देशको पूर्वी तटीय राज्यहरुमा स्थानीय […]

  • धनकुटामा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

    १२ कात्तिक, भोजपुर । धरानबाट धनकुटाको अखुवाटार हुँदै भोजपुर आइरहेको जीप शुक्रबार साँझ दुर्घटना हुँदा दुर्इ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । जीप सडकबाट करिब डेढ सय मिटर तल खस्दा सगरमाथा उच्च माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक पृथिमान राई र सुनसरीकी ४५ बर्षिया सुशिला श्रेष्ठको मृत्यु भएको हाे । घाइतेहरुको बिपी […]

  • bomb-attacker

    विद्यालय बम बिस्फोटका मुख्य योजनाकार पक्राउ

    काठमाडौं : असोज ४ गते राजधानीका विभिन्न ११ वटा विद्यालयमा बम विस्फोट गराउने र आतंक मच्चाउने मुख्य योजनकारलाई प्रहरीले सार्वजनिक गरेको छ। बम काण्डको मुख्य योजनाकार बताउने मीनबहादुर देवकोटा र क्रान्तिकारी कम्युनिस्ट केन्द्रका पार्टी सचिव केशव दाहाललाई प्रहरीले पक्राउ गरेपछि भर्खरै सार्वजनिक गरेको हो। यसअधि प्रहरीले बम काण्डमा सामेल शंकर लाखे, विष्णु पौडेल, चन्द्रबहादुर तामाङ […]

  • govinda-kc

    अख्तियारमा पुनः अर्को भ्रष्ट नआओस् : डा. गोविन्द केसी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोगबाट हटाउनुपर्छ भन्ने अभियन्ता डा. गोविन्द केसीले फेरि अर्को लोकमान प्रवृत्तिको व्यक्तिलाई अख्तियारको जिम्मा दिन नहुने बताएका छन् । “मेरो माग आंशिक रुपमा पुरा भएको छ,” उनले भने–,“महाभियोग प्रस्ताव पारित हुन्छ कि हुँदैन भनेर अझै टुंगो लागेको छैन । यसलाई हामीले सतर्कतापूर्वक हेरेका छौं […]

  • bharat bhandari

    छोराको घर होइनरे त्यो ! त्यो त बुहारीको घरअरे!!

    “चिया आयो चिया,भाइ!चिया खाने? आफैँले बनाको,राम्रो छ बाबु”, कता कता चिने जस्तो लागेर एक छिन टोलाएर हेरेँ।”भाई! चिईईईइ—या” बिस्तारै बोली कम गरिन उन्ले। फरियाको छेउले मुख छोपे जस्तो गरेर हत्तपत्त दुबैहातमा थर्मस बोकेर लुसुक्क हिँडीन उनी। एक बर्ष अघाडी दशैँमा घर जाँदा भेटेको ठुलाघरे काकी एक्कासी एकबर्ष पछी काठमाण्डौको बालाजुको बसपार्कमा थर्मसमा चिया बोकेर हिँडेको […]

  • यो कस्तो जलन हो युवाको? पानीको राप जस्तो बाहिर हेर्दा शान्त ! तर छुँदा हात पोल्ने

    “साला!! यहाँ पैसा बिना कसैले प्रगती देख्दैन,धन कमाए प्रगती हुनेरे,नत्र त हरिलठ्ठक रे यार!”, आफ्नो सिधा पछाडी पट्टिको टेबल बाट आबाज आयो।टाउकोलाइ करिब साठ्ठी डिग्री जतिको एङ्गलमा घुमाएर नजर लगाएँ पछाडी पट्टी। “आठ कक्षा पास नगरेको त्यो कृष्णे (नाम परिबर्तन) गाउँको हिरो, सबैले सुपर म्यान जस्तै ठान्छन् उस्लाइ।” करिब २५-३० बर्षको एउटा केटो बोलिरहेको थियो। […]

  • bomb

    उपत्यकाका आधा दर्जन स्कुलमा बम फेला, एक स्कुलमा विस्फोट

    काठमाडौं, ४ असोज – शान्ति क्षेत्रका रुपमा लिइने राजधानीका विभिन्न विद्यालयमा बम भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् । एकाबिहानै ललितपुरको सानेपा, काठमाडौंको डल्लु र जोरपाटीका विद्यालयमा बम फेला परेको हो । जोरपाटीको आकाशद्वीप विद्यालयको गेटमा पेट्रोल बम विस्फोट नै भएको छ । आकाशद्वीप विद्यालयको गेटमा बम विस्फोट हुँदा कुनै मानवीय क्षति नभएपनि गेटमा सामान्य क्षती […]

  • first-installment-for-quake-victim

    सरकारको ४५ दिने अवधीमा ३० प्रतिशत भूकम्प पीडितले पाएनन अनुदान

    आश्विन ३, २०७३- सरकारले घोषणा गरेको ४५ दिने अवधीमा करिब ३० प्रतिशत भूकम्प पीडितले अनुदानको पहिलो किस्ता रकम पाउन सकेनन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएलगत्तै साउन २० गते ४५ दिनभित्र सबै भूकम्प पीडितलाई अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए । घोषणाको अबधी गत सोमबार सकियो । तर, उक्त दिनसम्म उपत्यका […]

  • nepal-army

    सुरक्षा संगठन नै छल्छन् अध्यागमन

    संयुक्त राष्ट्रसंघको आग्रहमा द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका अधिकारी अध्यागमनको प्रक्रिया छलेर सहभागी हुने गरेको खुलेको छ । नेपाली सेनाका २ सय ३२ जना राहदानी नै नलिई सुडान पुगेको घटनाको अनुसन्धानका क्रममा राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान, लाइबेरियालगायत देश जाने सेना, प्रहरी र सशस्त्रको टोली अध्यागमन जाँच नै नगरी अनधिकृत बाटो हुँदै विमानस्थलको […]

  • supath-mulya

    दैनिक उपभोग्य वस्तुमा आजदेखि छुटसहित सहुलियत पसल सञ्चालन

    सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी पसल सञ्चालनमा ल्याउने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए । ‘उपत्यकाका १३ स्थान र उपत्यका बाहिरका २३ स्थानमा उपभोक्ताले सहुलित पाउने छन्,’ प्रवक्ता रेग्मीले भने, ‘ ७८ प्रकारका खाद्यान्नमा […]

  • route-permeti

    रुट परमिट विवादले दसैं लक्षित अग्रिम टिकट बुकिङमा ढिलाई

    ग्रामिण सडकमा रुट परमिटको विवादले दसैं लक्षित अग्रिम टिकट बुकिङमा ढिलाई भएको छ । सरकार र व्यवसायीबीच कुरा नमिल्दा यात्रु मारमा पर्ने भएका छन् । यातायात व्यवस्था विभागले अस्थायी रुट परमिट लिन व्यवसायीलाई निर्देशन दिएपनि कुरा नमिल्दा समस्या भएको हो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले दशैंको टिकट बुकिङ रोकेर रुट इजाजतमा गरिएको कडाइ खुकुलो पार्नुपर्ने, […]

  • free-health-care

    मुटु रोग, मिर्गौला, क्यान्सर जस्ता आठ रोगको निः शुल्क उपचारका लागि अस्पताल तोकिए

    काठमाडौ,  सरकारले आठ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरु निर्धारण गरेको छ । मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको निःशुल्क उपचारका लागि सरकारले अस्पतालको नाम तोकेको हो । स्वास्थ्य सेवा विभागका अनुसार उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले निःशुल्क उपचारकालागि अस्पतालहरु निर्धारण गरिएको हो […]

  • Software Freedom Day in Nepal

    ‘सफ्टवेयर फ्रीडम डे’ एन.सि.आई.टी. कलेजमा मनाइँदै

    फ्री सफ्टवेरको वार्षिक उत्सवको उपलक्ष्यमा विश्वव्यापी रूपमा मनाइने ‘सफ्टवेयर फ्रीडम डे’ आउँदो शनिवार नेपालमा पनि मनाइने भएको छ। फ्री सफ्टवेयरमा जनचेतना जगाउने लक्ष्यका साथ सुरु भएको ‘सफ्टवेयर फ्रीडम डे’ सन् २००४ देखि मनाइँदै आइएको छ। नेपालमा एन.सि.आई.टी. कलेज, बालकुमारी, ललितपुरमा पनि विभिन्न कार्यक्रम गरी  मनाइने यो उत्सवमा सुचना- प्रविधि क्षेत्रका चर्चित् व्यक्तित्व महाविर पुनको विशेष आतिथ्य हुने आयोजकको भनाई छ। नि:शुल्क प्रवेशमा सहभागिता जनाउन सकिने यो […]

  • chhakka-panja

    छक्का पन्जाले बनायो नेपाली सिने इतिहासमै नयाँ रेकर्डस्

    काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनीमा आएको चलचित्र ‘छक्का पन्जा’ले नेपाली सिने इतिहासमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ । हास्यव्यंग्य जानरामा बनेको यो फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । कलाकार दीपकराज गिरीलगायतले निर्माण गरेको यो फिल्मले हाम्रै समाजको यथार्थलाई पनि प्रस्तुत गरेको छ । केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, […]