समाचार

  • CK Raut

    सीके राउतलाई थप १० दिन थुनामा राख्न अदालतले अनुमती दियो

    माघ २१, २०७३- राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत)लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ । मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी […]

  • everest

    सगरमाथाको उचाई घटेको भन्दै भारतद्वारा पुनः मापन गर्न नेपाललाई प्रस्ताव

    काठमाडौं- भूकम्पका कारण सगरमाथाको उचाइ घटेको भन्दै भारत सरकारको सर्भे अफ इन्डियाले पुनः मापन गर्न प्रक्रिया अघि बढाएको छ। भारतको हैदरावाद शहरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा गत वर्षको भूकम्पपछि सगरमाथा उचाइ घटेकाले सो शंका निवारण गर्न उचाइ मापन हुनु पर्ने उसले जनाएको हो। सर्भे अफ इन्डिया भारतको म्यापिङ तथा इन्जिनियरिङ कार्य हेर्ने केन्द्र सरकार अन्तर्गतको संस्था […]

  • rail accident india

    भारतमा रेल दुर्घटना, ३६को मृत्य् कैयौं घाइते

    भारतको आन्ध्र प्रदेशमा भएको रेल दुर्घटनामा कम्तिमा ३६ जनाको मृत्यु भएको र कैयौं मानिसहरु घाइते भएको अधिकारीहरुले बताएका छन्। विजियानागरम जिल्लाको कुनेरु स्टेशन नजिकै रेलको नौ वटा डिब्बा र इन्जिन लीग बाहिर गएको इष्ट कोष्ट रेवलेका प्रमुख जेपी मिश्रले बताए। कैयौं मानिसहरु अझ पनि फँसेका छन् र उद्दारकर्ताहरुले मृतक संख्या बढ्ने चेतावनी दिएका छन्। दुर्घटनाको […]

  • nepali airport

    विमान नभएर थुप्रै विमानस्थल प्रयोगहीन

    नेपाल वायुसेवा निगमसंग पर्याप्त जहाज नहुँदा अनि निजी विमान कम्पनीहरुको उदासीनताका कारण देशभर रहेका करिब दुई दर्जन विमानस्थल नियमित सञ्चालनमा आउन नसकेको पर्यटन मन्त्रीले बताएका छन्। सञ्चालनमा नरहेका अधिकांश आन्तरिक विमानस्थललाई फेरि प्रयोगमा ल्याउन सरकारी लगानीको खाँचो रहेको अधिकारीहरुले बताएका छन्। बिहीबार व्यवस्थापिका संसदको विकास समितिले संचालनमा नरहेका देशका दुर्गम भेगका विमानस्थललाई प्रयोगमा ल्याउन निर्देशन […]

  • lukamari-movie

    के छ ‘लुकामारी’ मा त्यस्तो ?

    अहिले नेपाली चलचित्रवृत र सामाजिक संजालमा एउटै कुरा छाईरहेको छ: चलचित्र ‘छक्का पन्जा’। तर यो लेखमा ख्याती श्रेष्ठ हत्याकाण्डमा बुनिएको अर्को बुलन्द चलचित्रको चर्चा गरिदैंछ,’लुकामारी’को। अर्को सशक्त चलचित्रको पृष्ठभूमी: हरेक मान्छे जटिल छ। मानसपटलका वेत्ताहरु भन्छन्: मन पनि जटिल छ। मनका तीन तह छन्,चेतन(कन्सस),अवचेतन(सवकन्सस) र अचेतन(अनकन्सस)। मान्छे अलि धेरै मात्रामा चेतनशील भयो भने ऊ समाजमा […]

  • kamalmani

    वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा निधन

    नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान २:४५ बजे ललितपुरमा निधन भएको हो। केही महिना यता दीक्षितको श्वास प्रश्वास प्रकृयामा समस्या देखिएको थियो। पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रूपमा १९८६ भदौ, कुशे औँसी […]

  • divorce

    अब सम्बन्ध विच्छेद गर्दैमा पत्नीले आधा सम्पत्ति नपाउने

    काठमाडौँ : मुलुकी ऐनको प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पत्नीले स्वेच्छाले सम्बन्ध विच्छेद गर्दा सम्पत्ति नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। देवानी कानूनको संशोधन तथा एकीकरण गर्न बनेको विधेयक परिमार्जनका लागि गठित उपसमितिले अब ‘पति सम्बन्ध विच्छेदको कारक नभए’ सम्पति दिनु नपर्ने प्रावधान प्रस्ताव गरेको हो। मुलुकी ऐनमा पति र पत्नी छुट्टिदाँ सम्पति आधा-आधा हुने […]

  • doctor-kc

    १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेर डाक्टर केसीले २२ अौं दिन अनसन तोडे

    वरिष्ठ चिकित्सक गोविन्द केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच शनिबार राति भएको १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आइतबार बिहान ११ बजे डा. केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यससँगै वरिष्ठ चिकित्सक केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन्। केसीका सहयोगी डा. अभिषेक सिंहका अनुसार केसीले जुस पिएका छन्। ‘१२ बुँदे सम्झौतापत्रमा उहाँले हस्ताक्षरपछि उहाँले जुस […]

  • diwakar-sigdel

    कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस |

    कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस, तेतिबेला सम्म धैर्य राख्छु म, जतिबेला मेरो मेहनत चरम चुली पुगोस, त्यस पश्चातको अमृत बर्षाले, यो बोराको पाइन्ट, मछिन्द्रनाथको भोटो जस्तै प्रसिद्द होस | . . मैले बाटोका भिखारीहरु हेरे, प्रकृतीलाई सोधे, के यीनिहरुका लागि फल फालेका थिएनन् ? प्रकृतीले जबाफ दिइन, म सबैकालागि बराबर फले, तीमि मानब […]

  • dr-govinda-kc-fast-un-to-death

    डा. केसीको अवस्था गम्भीर, देशभरका चिकित्सक आन्दोलनमा

    काठमाडौं— उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ। जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। डा. केसीको स्वास्थ्य नाजुक अवस्थामा पुगिसक्दा पनि वार्ताबाट निष्कर्ष निकाल्न सरकार उदासीन रहेपछि चिकित्सकले आन्दोलन कडा बनाउँदै छन्। केसीको अनशन र मागप्रति १९ दिनसम्म मौन बसेको […]

  • nawalparasi-bulingtaar

    नवलपरासीको बुलिङ्टारमा जीप दुर्घटना, सात जनाको मृत्यु

    नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हुँदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर […]

  • dr-govinda-kc-fast-un-to-death

    ११ दिनदेखि दसौं चरणको आमरण अनशनमा रहेका डा. केसीको अवस्था थप गम्भीर

    काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि दसौं चरणको आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन्झन् गम्भीर बन्दै छ। सरकारले उनका माग पूरा गर्न अझैसम्म कुनै पहल गरेको छैन। अनशनका कारण जटिल बन्दै गएको डा. केसीको अवस्था जुनसुकै बेला पनि खतरनाक मोडमा पुग्न सक्ने चिकित्सकले औंल्याइरहेका छन्। उनको मुटुको चालमा […]

  • budget-nepal

    गत वर्षको विनियोजित बजेटमध्ये एक खर्ब २७ अर्ब फ्रिज

    मंसिर आर्थिक वर्ष ०७२-७३ मा पछिल्ला पाँच वर्षयताकै कम पुँजीगत खर्च भएको छ । अघिल्लो वर्ष ०७१-७२ को तुलनामा ३२ अर्ब धेरै खर्च भए पनि विनियोजित बजेटको अनुपातमा खर्च प्रतिशत कम छ । आव ०६९-७० पछि पुँजीगत खर्चमा सरकारी योगदान निरन्तर ओरालोतिर छ । अस्थिरताबीच पनि अघिल्ला वर्षमा ७० प्रतिशत नाघेको विकास खर्च आव ०७२-७३ […]

  • SLC-students

    अब कक्षा १२ मा मात्र एसएलसी

    शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय गरेको हो। खबर आजको नयाँ पत्रिकाबाट हामीले लिएका हौ। उच्च माध्यमिक शिक्षा परिषद्को कार्यालय सातै प्रदेशमा राख्न सिफारिस शिक्षा ऐनको […]

  • dry-land-1

    जिविसको लापरबाहीले किसानका खेत सुके !

    जिल्ला विकास समिति झापाले जथाभावी खोला उत्खनन गर्न अनुमति दिएका कारण अबको पाँच वर्षमा सिँचाई सुविधा पुगेका झापाका करिब दुई हजार हेक्टर जमिन बाँझो हुने सिँचाई विकास डिभिजन कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीले चेतावनी दिएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। उनले झापाको बुधबारेको उर्बर जमिनमा सिँचाई गर्ने बिरिङ खोलामा जथाभावी उत्खनन भइरहेकाले […]