रौतहटमा आज एकैपटक २२ जनामा कोरोना संक्रमण पुष्टि
१२ जेठ, रौतहट । रौतहट जिल्लामा आज एकैपटक २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । रौतहटको सदरमुकाम गौरमा पहिलो पटक ७ जनामा संक्रमण देखिएको छ ।