देशको राजधानी हो काठमाडौँ। राजधानी भएपछि धेरै सहनु पर्छ काठमाडौँलाई। एक त देशभरिका मान्छेहरुको ओइरो र साथसाथै तिनीहरुका सपना, आकांक्षा, पूर्वाग्रहहरुको ओइरो र कम्पन पनि। पृष्ठभूमि: परापूर्वकालमा मन्जुश्रीले चोभारको नाक आफ्नो खड्गले काटी यो उपत्यकाको पानी बाहिर फालेका थिए रे।