४ बैशाख २०८१, मंगलबार
कला-साहित्य

कृष्णमन्दिर नियाल्दै, क्यानभासमा उतार्दै

ललितपुर । पाटनको कृष्ण मन्दिर निकैबेर नियालेपछि भारतीय कलाकार प्रविन कर्मकारले झोलाबाट एक थान कलर र क्यानभास निकाले । चित्र कोर्न तम्तयार हुँदै गर्दा उनले मन्दिरतर्फ फर्केर नमस्कार गरे । निकै श्रद्धापूर्वक क्यानभासमा चित्र कोर्न सुरु गरे । “मलाई नेपाल