१८ असार २०८३, बिहिबार

प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव गीता केशरीको निधन


गीता केशरी

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव एवं आख्यानकार गीता केशरीको ८६ वर्षका उमेरमा आज निधन भएको छ । उनी अज्लाइमर र हृदयरोगका कारण चाबहिलस्थित ओम अस्पतालमा भर्ना भई उपचाररत थिइन् ।

दिवगङ्त केशरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । केशरी २०६१ देखि २०६३ सम्म प्रतिष्ठानको सदस्य सचिव थिइन् ।

उनका एक दर्जन जति उपन्यास र केही कथासङ्ग्र्रह प्रकाशित छन् । केशरीका ‘सौगात’, ‘आवाज’, ‘मुक्ति’, ‘अन्तिम निम्तो’, ‘विश्वास’ लगायत कृति प्रकाशित छन् ।

प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले उनको देहावसानबाट नेपाली आख्यान साहित्यका क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !