११ आश्विन २०८३, आइतबार

‘जेनजीको थ्रेट छ’ भन्दै मध्यरातमा पूर्वप्रधानन्यायाधीश जबरा प्रहरीको नियन्त्रणमा


चोलेन्द्र शम्शेर जबरा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जबराले जेनजीबाट थ्रेट आएकाले आफूलाई सुरक्षाका लागि भन्दै प्रहरी ल्याएको जानकारी गराएका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित घरबाट गएराति आफूलाई जेनजीबाट थ्रेट आएकाले सुरक्षाका लागि हिँड्नुहोस् भन्दै नियन्त्रणमा लिएको जबराले बताएका हुन्।

जबराले आफू घरमै भएको बेला जेनजीबाट तपाईंलाई थ्रेट आएकोले सुरक्षाका लागि हामीसँग हिँड्नुहोस् भनेर प्रहरीले भनेकोले आफूलाई अहिले प्रहरी कार्यालयमा ल्याएर राखिएको बताए । पक्राउ गरिएको हो भन्ने प्रश्नमा उनले आफूलाई उजुरी परेको अन्य कुनै विषयवस्तु जानकारी नगराइएको बताए ।

उनी प्रहरी नियन्त्रणमा रहेको भएपनि जबराको पक्राउबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन । उपत्यका अपराध अनुसन्धान कार्यालयमा टेकुमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । यद्यपि आधिकारिक विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

२०७५ सालबाट प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ मा कांग्रेस र माओवादी मिलेर संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । गत भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र‍ शमशेर जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको छ। रिट खारेज गरेसँगै जबराले महाभियोगको अभियोगबाट सफाइ पाएका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु