१५ बैशाख २०८१, शनिबार

भेनेजुयलाको संविधानसभा र संविधान निर्माण प्रक्रिया


भेनेजुयलाको संविधानसभा

पृष्ठभूमि : संविधान पुनर्लेखन गर्ने वा त्यसमा आवश्यक सुधार मात्र गर्ने भन्ने कुरा भेनेजुएलाको इतिहासमा नयाँ कुरा होइन । सन् १८११ देखि १९६१ का बीचमा भेनेजुएलामा २६ ओटा संविधानहरू बनेको दृष्टान्त पाउन सकिन्छ । दक्षिण अमेरिकी राज्य भेनेजुयलालो सन् १८११ मा स्वतन्त्र भएपछि संविधान निर्माणको प्रक्रिया १९६१ सम्मा भेनेजुयलालो २६ वटा संविधान परिवर्तन गर्यो । १९ औं शताब्दीका दक्षिण अमेरिकी राज्यहरूका स्वतन्त्रता सेनाी सामइमोन बोलिभारको राजनीति दर्शनबाट भेनेजुयला प्रभावित भएको र सो दर्शनलाई संविधानमा समावेश गर्न लामो संघर्षको परिणाम सन् १९९८ मा राष्ट्रपतिको निर्वाचनमा हुगो चाभेज निर्वाचित भएपछि साकार रूप दिन सफल भयो ।

संविधान निर्माण प्रक्रिया

साइमोन बोलिभारको खुला बजार, आर्थिक उदारीकरण, सहभागितामूलक लोकतान्त्तिक राज्यव्यस्था, जनतामा आर्थिक र राजनीतिक संप्रभुता, राजश्वको न्यायोचित वितरण, आर्थिक आत्मनिर्भरता, साम्राज्यवाद विरूद्धको स्वतन्त्रता, भ्रष्टाचारको उन्मूलन जस्ता मान्यताहरू नै सिद्धान्तका रूपमा विकसित हुन पुग्यो । यस सिद्धान्तलाई लागू गराउन १९९८ मा निर्वाचित राष्ट्रपति हुगो चाभेजले १९६१ को संविधान खारेज गरी नयाँ संविधान बनाउन संविधान सभा गठन गर्न उचित हुन्छ कि हुन्न भन्ने विषयमा १९ अप्रिल १९९९ मा जनमत सङ्ग्रह गरी ९२ प्रतिशतको बहुमतले संविधान सभाको गठन पक्षमा मत जाहेर गरेर अनुरूप संविधान सभाको निर्वाचनको प्रक्रिया प्रारम्भ भयो ।

२५ जुलाई १९९९ मा १३१ सदस्य संख्याको संविधान सभाको निर्वाचन भयो । संविधान सभामा राष्ट्रपतीय पक्षधरले १३१ मध्ये १२० (९५ प्रतिशत) स्थानमा विजय प्राप्त गर्यो । यस संविधानसभाको अधिवेशनले सर्वप्रथम न्यायाधीशहरूलाई ठाडै हटाउन सक्ने किमिसको अधिकार प्रदान गरी न्यायिक अन्तरिम समिति गठन गर्यो । यस समितिले १९० भन्दा बढी न्यायाधीशहरूलाई भ्रष्टाचारको आरोपमा निलम्बन गर्यो । यसै गरी विधायिकी काम गर्न विशेष समिति गठन गर्यो । करिब ६० दिन लगाएर संविधानसभाले सामइमोन बोलिभारको सिद्धान्तमा आधारित नयाँ संविधानको मस्यौदा गर्यो ।

संविधान सभाले पारित गरेका संविधान १५ डिसेम्बर १९९९ को जनमत सङ्ग्रहमा ७१.७८ प्रतिशतले अनुमोदन भई २० डिसेम्बर १९९९ देखि भेनेजुयलाको नयाँ संविधान लागू भयो ।

संविधान मस्यौदा गर्दा बोलिभार सिद्धान्तको रूपमा जनतामा निहित सार्वभौमसत्ता, सामाजिक जवाफदेहिता, अन्यायको विरूद्ध विद्रोहको अधिकार, विदेशी प्रभुत्वबाट आन्तरिक स्वतन्त्रता जस्ता कुराहरूलाई निर्देशक सिद्धान्तनको रूपमा आत्मसात गर्यो । संविधान सभाले पारित गरेका संविधान १५ डिसेम्बर १९९९ को जनमत सङ्ग्रहमा ७१.७८ प्रतिशतले अनुमोदन भई २० डिसेम्बर १९९९ देखि भेनेजुयलाको नयाँ संविधान लागू भयो । ३५० धारा रहेकोे यो संविधान विश्वको लामो र विस्तृत संविधानको रूपमा मानिन्छ । भेनेजुयलाको १९९९ को संविधानले देहायको सिद्धान्तलाई आत्मसात गरेको छ ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल । 

यो पनि पढ्नुहोस् 

पेरुको संविधानसभा र संविधान निर्माण प्रक्रिया

कोलम्बियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

इन्डोनेसियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

नर्वेको संविधानसभा र संविधान निर्माण प्रक्रिया

बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु