११ बैशाख २०८१, मंगलबार

लिम्पियाधुरा – नेपाली शूरा – भरपर्दा कुरा


डा. जगमान गुरुङ
डा. जगमान गुरुङ

पारस्य तनयो नीप: नैपालस्तेन निर्मित: । गण्डकी गर्भदेशका राजा पारका छोरा नीपले नेपाल राज्य निर्माण गरे । हिमालयका पाँचखण्डमा केदारदेखि कामरुप (असाम) सम्मको देश नेपाल हो ।

अघि लिच्छवि राजा मानदेव प्रथमले पूर्व-पश्चिमका सामन्त शासकहरुलाई तह लगाएर स्वतन्त्र नेपालको राष्ट्रीय अखण्डता कायम राखेका थिए । चिनियाँ राजदूत वाङ हुएन सेले भारत, कन्नौजका राजा हर्षवर्द्धनका सेनापति अरुणाश्वलाई तह लगाउँदा नेपालका राजा नरेन्द्रदेवले वाङ हुएन सेलाई सात हजार घोडचढी सेनाद्वारा वाङ हुएन सेलाई सहयोग गरेका थिए ।

काश्मिरका राजा जयापीडले आक्रमण गर्दै आउँदा नेपालका मायावी राजा अरमुडिले कालीगण्डकीको किनारामा जयापीडलाई परास्त गरी उनलाई पक्रेर कैद गरेका थिए । पूर्व मध्यकालमा पश्चिम नेपालमा विशाल खस साम्राज्य विकशित थियो । पूर्वतिर पटक पटक नेपाल मण्डललाई खसहरुले करद बनाएका थिए । पश्चिमतिर कुमाउको वालेश्वर, उत्तरमा पुराङ र दखिनमा सम्पूर्ण नेपाल मधेश उक्त खस साम्राज्य अन्तर्गत पर्दथ्यो । उक्त खस साम्राज्यका भारदारहरुले भारतको बुद्ध गयामा सगौरव ताम्राभिलेख राखेका थिए ।

गण्डकी गर्भदेशका राजा पारका छोरा नीपले नेपाल राज्य निर्माण गरे । हिमालयका पाँचखण्डमा केदारदेखि कामरुप (असाम) सम्मको देश नेपाल हो ।

मध्यकालमा यक्ष मल्लले पूर्वमा वङ्गदेश, पश्चिममा गोरखा – पाल्पा, उत्तरमा सात दिनको बाटो र दखिनमा गङ्गासम्म आफ्नो प्रभाव जमाएका थिए । यसैगरी पाल्पाली मुकुन्द सेन प्रथमले गण्डकी र गङ्गाको संङम हरिक्षेत्रसम्म आफ्नो प्रभुत्त्व जमाएका थिए ।

आधुनिक कालमा पृथ्वीनारायण शाह र बहादुर शाहको नेतृत्वमा सबै नेपालीहरुको सहभागिताबाट नेपाल राष्ट्रको एकीकरण भएको छ । कुनै बेला नेपाल पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म पुगेको थियो ।

सुगौली सन्धिमा गुमेको नेपालको धेरै भू-भाग मध्ये थोरै भूभाग जङ्गबहादुर राणा र चन्द्रशमशेर राणाको पालामा नेपालले फिर्ता पाएको थियो । अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको आफ्नो सीमा रेखा भित्रको भूमि फिर्ता ल्याउनका लागि नेपालीहरु एकतावद्ध भएर लागेका छन् ।

यदा यदा हि धर्मस्य भने जस्तै जब जब नेपालमा कुनै अरिष्ट आइपर्छ, नेपालको स्वतन्त्र अस्मिता माथि बाह्य प्रभाव पर्दछ भने त्यस अबस्थामा नेपाल राष्ट्र र नेपाली राष्ट्रियता जोगाउन सम्पूर्ण नेपालीहरु एकतावद्ध हुने नेपालीहरुको यो प्रवित्ति रहेको छ, किनभने कुनै व्यक्ति वा समुदाय चाहे जुनसुकै ठाउँबाट आएको होस्, उसले नेपालको भूमिमा टेक्नासाथ उसले आफ्नो विगतलाई बिर्सेर उक्त व्यक्ति वा समुदायमा नेपाल मेरो राष्ट्र हो र नेपाली मेरो राष्ट्रियता हो भन्ने भावनाको उद्बोधन हुनु यो नेपालीपन, नेपाली साझा भावना र नेपाली उदात्त चरित्र हो ।

आधुनिक कालमा पृथ्वीनारायण शाह र बहादुर शाहको नेतृत्वमा सबै नेपालीहरुको सहभागिताबाट नेपाल राष्ट्रको एकीकरण भएको छ । कुनै बेला नेपाल पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म पुगेको थियो ।

यसरी समन्वयको परिवेशमा नेपाल राष्ट्रको निर्माण र नेपाली राष्ट्रियताको विकाश भएको छ । वर्तमान अवस्थामा सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीज्यूको सबल एवं सक्षम नेतृत्त्वमा आफ्नो भूमि, आफ्नो राष्ट्र र आफ्नो राष्ट्रिय अस्मिता जोगाउनका लागि सम्पूर्ण नेपालीहरुले एकतावद्ध भई अदम्य साहस प्रदर्शन गरेर आफ्नो भूमि फिर्ता ल्याएर नेपालको अस्मिता जोगाउनका लागि संविधान संशोधन गर्ने यस्तो रौद्रकर्म सम्पन्न गरेकाछन् ।

माहामन्जुश्रीको चन्द्रहास खड्गाको प्रहारबाट बस्ती योग्य भएको नेपाल भूमि गोपाल कृष्णको ध्रुवानीतिबाट सम्पन्न र समृद्ध भएको छ । त्यसकारण नेपालको वर्तमान परिस्थितिमा सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यूको विवेकको खड्गको सवल नेतृत्त्व नेपालका लागि अपरिहार्य, सुयोग्य एवं स्वीकार्य छ ।

।। राष्ट्र धारयेत् ध्रुवम् ।।
।। वयं राष्ट्रे जागृयाम पुरोहिता:।।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

गङ्गा दशहरा, पद्मसम्भव जयन्ती तथा गुरुङ साँजपूजाको धार्मिक महत्व

नेपालको गौरव र नेपालीको स्वाभिमान : नेपालको राष्ट्रिय झण्डा

नेपाल राष्ट्रका लागि जागौँ 

वैशाख शुक्ल पूर्णिमा र घाटु नृत्य नाटिका

वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती

वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व

पापेन पापं भवति, पुण्येन पुण्यं भवति

अमूर्त सांस्कृतिक सम्पदा र मन्त्रविद्या

नेपालको एकीकरण र तान्त्रिक साधना

समन्वयको परिवेशमा विकसित नेपाली राष्ट्रियता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !