१४ बैशाख २०८१, शुक्रबार

समन्वयको परिवेशमा विकसित नेपाली राष्ट्रियता


डा. जगमान गुरूङ

समन्वयको परिवेशमा विकसित नेपाली राष्ट्रियता । वर्तमान विश्वमा द्वन्द्वात्मक भौतिकवाद र समन्वयात्मक अध्यात्मवाद यी दुई चिन्तन प्रचलनमा रहेका छन् । द्वन्द्वात्मक भौतिकवाद पश्चिमेली चिन्तन हो । समन्वयात्मक अध्यात्मवाद प्राच्य दर्शन अर्थात् पूर्वीय चिन्तन हो । यही समन्वयात्मक अध्यात्मवादको पृष्ठभूमिमा समन्वयात्मक नेपाली संस्कृतिको संरचना र विकास भएको छ । समन्वयात्मक नेपाली संस्कृतिको धरातलमा नेपाल राष्ट्रको निर्माण एवम् नेपाली राष्ट्रियताको प्रबोधन, प्रवद्र्धन र विकास भएको छ । राज्य एउटा भूमि हो भने राष्ट्र चाहिँ जनताको मानसिक सम्मिलन अर्थात् भावनात्मक एकता हो । त्यस भावनात्मक एकता प्रतिको प्रतिवद्धता र निरन्तरता राष्ट्रियता हो ।

वर्तमान विश्वमा द्वन्द्वात्मक भौतिकवाद र समन्वयात्मक अध्यात्मवाद यी दुई चिन्तन प्रचलनमा रहेका छन् । द्वन्द्वात्मक भौतिकवाद पश्चिमेली चिन्तन हो । समन्वयात्मक अध्यात्मवाद प्राच्य दर्शन अर्थात् पूर्वीय चिन्तन हो ।

एशिया महाद्वीपको मध्यभागमा पूर्वपश्चिम तेर्सिएर हिमालय पर्वत रहेको छ । हिमालयको दखिनमा भारतवर्ष र उत्तरमा चीन रहेको छ । वर्तमान राजनीतिक भारत भन्दा नेपाल पृथक् छ तर प्राचीन भारतवर्षसँग नेपालको साइनो गाँसिएको छ । भारतवर्षमा भारतीय सभ्यता तथा संस्कृति र चीनमा चिनियाँ सभ्यता तथा संस्कृतिको विकास भएको छ । नेपाली संस्कृतिमा भारतीय एवम् चिनियाँ संस्कृतिको समन्वय पाइन्छ तापनि नेपालको आफ्नै मौलिक सांस्कृतिक वैशिष्ट्य र पहिचान छ ।

राज्य एउटा भूमि हो भने राष्ट्र चाहिँ जनताको मानसिक सम्मिलन अर्थात् भावनात्मक एकता हो । त्यस भावनात्मक एकता प्रतिको प्रतिवद्धता र निरन्तरता राष्ट्रियता हो ।

वेदाङ्ग ज्योतिष भारतीय ज्योतिषशास्त्रको एउटा विधा हो । वेदाङ्ग ज्योतिषशास्त्र अनुसार वैदिक संवत्सरको प्रवर्तन पौष शुक्ल प्रतिपदामा हुन्छ । चिनियाँ-तिब्बती ज्योतिषशास्त्र अनुसार तोल लोसारको प्रवर्तन पनि पौष शुक्ल प्रतिपदामा हुन्छ । यसरी पौष शुक्ल प्रतिपदाले भारतीय संस्कृति र चिनियाँ संस्कृतिको मिलन गराएको छ ।

भारतवर्षमा भारतीय सभ्यता तथा संस्कृति र चीनमा चिनियाँ सभ्यता तथा संस्कृतिको विकास भएको छ । नेपाली संस्कृतिमा भारतीय एवम् चिनियाँ संस्कृतिको समन्वय पाइन्छ तापनि नेपालको आफ्नै मौलिक सांस्कृतिक वैशिष्ट्य र पहिचान छ ।

नेपालको हुम्लाका जाडहरू पौष शुक्ल प्रतिपदाका दिन तोल लोसार मान्दछन् । खसानका खसहरू पौष शुक्ल प्रतिपदाका दिन ठूलो भैली खेल्दछन् । जडानका जाडहरूको सेब्रु नृत्यको पदचालनको विधि तथा गीतको भाका र खसानका खसहरूको देउडा नृत्यको पद चालनको विधि र गीतको भाका एउटै छ । मष्ट परम्परा खस संस्कृतिको प्रमुख विशेषता हो । मष्ट परम्परामा बाह्र भाइ मष्ट र नौ बहिनी भवानी छन् । नौ बहिनी भवानीमा ठिंग्याल्नी र पुंग्याल्नी जस्ता जाड भाषामा नाम रहेका देवीहरू पनि छन् । बाह्र भाइ मष्ट र नौ बहिनी भवानीका मामा लामा-विष्णु छन् । एउटै देवतालाई लामाको रूपमा पनि पूजिने र विष्णुको रूपमा पनि पूजिने हुनाले यस देवताको लामा-विष्णु नामकरण गरिएको हो । यस सन्दर्भमा लामा भन्नाले लामा बौद्ध धर्म अन्तर्गतको आर्यावलोकितेश्वर र विष्णु भन्नाले वैदिक भगवान् विष्णु हुन् । जुम्ला, सिँजाको लेकपर गाउँमा लामा-विष्णुको थान छ । त्यहाँ बूढाथरका क्षेत्री लामा-विष्णुका धामी छन् । लामा-विष्णुको धामी हुने बित्तिकै उनले आफ्नो टुपी फ्याँक्दछन् र लामाको भेषभूषा पहिरेर लामाकै भाषामा पतुर्दछ । लामा-विष्णुलाई खस र जाड दुवै समुदायले बडो सम्मानका साथ मान्दछन् । कर्णाली प्रदेशका जाड र खस दुवै समुदायमा घाँस ओडार लामा, होंँडी खोली लामा, खोजेडी लामा र कल्याण लामा पूजनीय छन् । यस क्षेत्रका उपाध्याय ब्राह्मण पर्यन्तले आफ्नो घरमा आयोजना गरेको व्यक्तिगत पूजामा समेत उपरोक्त चार लामाको पूजा गरेर तिनका नाममा आहुति दिने प्रचलन छ । यस प्रचलनले कर्णाली प्रदेशका जनताको मानसिक सम्मिलन गराएर उनीहरूमा सामाजिक, धार्मिक एवम् सांस्कृतिक सद्भाव र सहिष्णुताको भावना जगाएको छ ।

मष्ट परम्परा खस संस्कृतिको प्रमुख विशेषता हो । मष्ट परम्परामा बाह्र भाइ मष्ट र नौ बहिनी भवानी छन् । नौ बहिनी भवानीमा ठिंग्याल्नी र पुंग्याल्नी जस्ता जाड भाषामा नाम रहेका देवीहरू पनि छन् । बाह्र भाइ मष्ट र नौ बहिनी भवानीका मामा लामा-विष्णु छन् । एउटै देवतालाई लामाको रूपमा पनि पूजिने र विष्णुको रूपमा पनि पूजिने हुनाले यस देवताको लामा-विष्णु नामकरण गरिएको हो ।

भुवो पर्व कर्णाली प्रदेशका चाडपर्वहरूमा एउटा मुख्य पर्व हो । यस पर्वमा विश्वकर्मा समुदायका व्यक्तिले काठको मुँढो सल्काएर धुनि जगाउँछ र विश्वकर्माले जगाएको धुनि तापेर ठकुरी र ब्राह्मण पर्यन्तले भुवो पर्व मनाउँदछन् । पश्चिम नेपालको धमारीनृत्य र भैलोमा कुनै छुवाछुतको भेदभाव हुँदैन । ब्राह्मणदेखि दलित पर्यन्त सबै हातेमालो गरेर सँगसँगै नाच्दछन् । यसरी भूगोलले भाषा र भेषभूषा अलग अलग बनाए तापनि जडान र खसानको धार्मिक आस्था एवम् सांस्कृतिक अन्तर्वस्तु एउटै छ, जसमा कुनै उच-नीचको भावना पाइँदैन ।

गण्डकी प्रदेशमा आएपछि कर्णाली प्रदेशको लामा-विष्णुले मुक्तिनाथको रूप लिन्छ, जुन मुक्तिनाथ हिन्दू–बौद्ध दुवै समुदायबाट उपासित छन् । हिन्दू धर्मावलम्बीहरू मुक्तिनाथलाई भगवान् विष्णु र बौद्धहरू लोकेश्वर मान्दछन् । मुक्तिनाथको मन्दिरमा हिन्दू धर्मावलम्बी ब्राह्मण र बौद्ध धर्मावलम्बी झुमा दुवैथरी पूजारी छन् ।

गण्डकी प्रदेशमा आएपछि कर्णाली प्रदेशको लामा-विष्णुले मुक्तिनाथको रूप लिन्छ, जुन मुक्तिनाथ हिन्दू–बौद्ध दुवै समुदायबाट उपासित छन् । हिन्दू धर्मावलम्बीहरू मुक्तिनाथलाई भगवान् विष्णु र बौद्धहरू लोकेश्वर मान्दछन् । मुक्तिनाथको मन्दिरमा हिन्दू धर्मावलम्बी ब्राह्मण र बौद्ध धर्मावलम्बी झुमा दुवैथरी पूजारी छन् । मुण्डेशैलीका घर र गुम्बाहरू भएको हिमाली क्षेत्रमा तल्ले शैलीको मुक्तिनाथ मन्दिरको वास्तुशैलीले विशेष खालको पहिचान राख्दछ । गण्डकी प्रदेशका कोटहरूमा मगर पूजारी र ब्राह्मण पुरोहित छन् । बडादशैँको अवसरमा कालरात्रिको मध्यरातमा मगर पूजारीले कालीलाई भातिको जाँड चढाउँदछ र त्यसपछि ब्राह्मण पुरोहितले सङ्कल्प वाक्य भने पछि कालरात्रिको बलि दिइन्छ । यसरी गण्डकी संस्कृतिमा तागाधारी र मतवालीको विभेद पाइँदैन । समन्वयात्मक संस्कृतिको एउटा राम्रो नमुना गोरखाको मनकामना मन्दिर हो । मनकामनाको मन्दिरमा मगर पूजारीद्वारा नित्यपूजा र नैमित्तिक अर्थात् वर्षवन्धनपूजा चाहिँ वज्राचार्यद्वारा सम्पन्न गरिन्छ । मनकामनाको मन्दिर काठमाडौँ उपत्यकाका कालिगडहरूले विकास गरेको तल्लेशैलीको छ । मनकामनाको मन्दिरमा हिन्दू-बौद्ध सबै वर्गका मानिसहरू आ-आफ्नो मनोकामना पूरा गर्न जान्छन् । यसरी मुक्तिनाथ र मनकामनाको पूजारी परम्परा, मन्दिरको वास्तुशैली र त्यहाँ जाने भक्तजनहरूको मानसिकताले एक आपसमा सद्भाव बढाएको छ र यो आपसी सद्भाव नेपाली राष्ट्रियताको विकासका लागि सार्थक कारकतत्व बनेको छ ।

गण्डकी प्रदेशका कोटहरूमा मगर पूजारी र ब्राह्मण पुरोहित छन् । बडादशैँको अवसरमा कालरात्रिको मध्यरातमा मगर पूजारीले कालीलाई भातिको जाँड चढाउँदछ र त्यसपछि ब्राह्मण पुरोहितले सङ्कल्प वाक्य भने पछि कालरात्रिको बलि दिइन्छ । यसरी गण्डकी संस्कृतिमा तागाधारी र मतवालीको विभेद पाइँदैन ।

सांस्कृतिक समन्वयको अर्को राम्रो नमुना कुमारी प्रथा हो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा कुमारीहरू स्थापना गरिएका छन् तापनि हनुमान ढोकाको कुमारीले विशेष महत्व राख्दछ । कुमारीको चयन बौद्ध धर्मावलम्बी शाक्य समुदायको कन्याबाट गरिन्छ । वज्राचार्यले बौद्धतन्त्र अनुसार र कर्माचार्यले शैवतन्त्र अनुसार कुमारीको पूजा गरिन्छ । हनुमान ढोकाको कुमारीलाई नेपालको राज्यलक्ष्मीका रूपमा मानिन्छ । त्यसकारण इन्द्रजात्राको समापनको अवसरमा अघि नेपालका गद्दीनसिन राजा र अहिले नेपालका राष्ट्रपतिले कुमारीको दर्शन गरेर नेपालको राज्यसत्ता थाम्ने प्रचलन रहिआएको छ । यसैगरी मत्स्यन्द्रनाथले अखण्ड शिव-बुद्ध समन्वयवादको राम्रो उदाहरण प्रस्तुत गर्दछ । काठमाडौँ उपत्यकाका कतिपय शाक्तपीठहरूमा पोडे-पोडेनीहरू देवपालाका रूपमा रहेका छन् । ललितपुर, लगनखेलको वटुकभैरवको मन्दिरमा देवपाला पोडेका छोराछोरीलाई वटुक भैरवको प्रतीक मानेर तिनलाई पैसा र पेडा दिने प्रचलन छ, जहाँ छुवाछुतको कुनै भेद रहेको छैन ।

समन्वयात्मक संस्कृतिको एउटा राम्रो नमुना गोरखाको मनकामना मन्दिर हो । मनकामनाको मन्दिरमा मगर पूजारीद्वारा नित्यपूजा र नैमित्तिक अर्थात् वर्षवन्धनपूजा चाहिँ वज्राचार्यद्वारा सम्पन्न गरिन्छ । सांस्कृतिक समन्वयको अर्को राम्रो नमुना कुमारी प्रथा हो । कुमारीको चयन बौद्ध धर्मावलम्बी शाक्य समुदायको कन्याबाट गरिन्छ । वज्राचार्यले बौद्धतन्त्र अनुसार र कर्माचार्यले शैवतन्त्र अनुसार कुमारीको पूजा गरिन्छ । हनुमान ढोकाको कुमारीलाई नेपालको राज्यलक्ष्मीका रूपमा मानिन्छ ।

खोटाङको हलेसी गुफा किरात, हिन्दू, बौद्ध र जैनको आस्थाको केन्द्र हो । हिन्दूहरू यस गुफामा महादेवले तपस्या गरेको मान्दछन् । पारूहाङ अर्थात् महादेव किरातहरूका आराध्यदेव हुन् । बौद्धहरू हलेसी गुफामा वज्रगुरु पद्मसम्भवले तपस्या गरेको विश्वास गर्दछन् । भारतमा अनिकाल पर्दा नेपालतिर पसेका जैनसाधु भद्रबाहुले पनि हलेसीगुफामा साधना गरेको मानिन्छ । नवलपरासीको दाउन्ने डाँडामा मदारनाथको समाधि अवस्थित छ । वास्तवमा यो मदारनाथ मजार अर्थात् सुफी सन्तको दरगाह अथवा समाधि हो । मदारनाथको यस स्थानमा हिन्दू, बौद्ध र इस्लामहरू सबै सँगसँगै मिलेर दर्शन पूजन गर्दछन् । मुसलमानको हातको चुरा, धागो, पोते र टीका लगाएर नेपालका हिन्दू महिलाहरू आफ्नो सधवापनको गौरव गर्दछन् । यसरी समन्वयात्मक नेपाली संस्कृतिले नेपालीहरूको मानसिकतालाई धर्मको घेराबाट बाहिर निकालेर उनीहरूका बीच उदात्तभावको विकास गरेको छ ।

खोटाङको हलेसी गुफा किरात, हिन्दू, बौद्ध र जैनको आस्थाको केन्द्र हो । हिन्दूहरू यस गुफामा महादेवले तपस्या गरेको मान्दछन् । पारूहाङ अर्थात् महादेव किरातहरूका आराध्यदेव हुन् । बौद्धहरू हलेसी गुफामा वज्रगुरु पद्मसम्भवले तपस्या गरेको विश्वास गर्दछन् ।

बाराको गढीमाईको पाँचवर्षे पूजामा सबभन्दा पहिले वनारसका डोम राजाले चढाएको राँगाको बलि चढ्दछ । त्यस अवसरमा डोम समुदायको सिद्ध नृत्य प्रस्तुत गरिन्छ । यस नृत्यमा राजपूत र ब्राह्मण पर्यन्तका कोखबन्ध्या महिलाहरूले डोम नर्तकद्वारा उनको कुर्कुच्चाले उल्टो पट्टिबाट आफ्नो धोतीलाई थिचाएर आफ्नो कोख सफल पार्दछन् ।

नयाँ वर्षको उपलक्ष्यमा बैशाख १ गते भक्तपुरमा विस्केटजात्रा र नेपालको सुदूरपश्चिमाञ्चलक्षेत्रमा विषुपर्व मनाइन्छ, किनभने बैशाख १ गतेदेखि सूर्यले विषुवत्रेखा पार गरेर पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गर्दछ । नेवारहरू जनैपूर्णिमा र गाईजात्रामा क्वाटी खान्छन् भने सुदूरपश्चिमाञ्चलका बासिन्दाहरू विषुपर्वमा विरूडा खान्छन् । विभिन्न गेडागुडीहरू मिसाएर पकाएको परिकारलाई नेपाल भाषामा क्वाटी र सुदूरपश्चिमाञ्चलको भाषामा विरूडा भनिन्छ । यसरी विस्केटजात्रा, विषुपर्व, क्वाटी र विरूडाले नेपालमण्डल र सुदूर पश्चिमाञ्चललाई एकताको सूत्रमा बाँधेको छ । मान्छे टाढा भएपनि मन टाढा हुँदैन भनेको यही हो किनभने मान्छे टाढा भएपनि मन मिलेपछि मेला हुन्छ र मान्छे नजिक भए पनि मन मिलेन भने ठेलमठेला हुन्छ । अहिले नेपालमा यही ठेलमठेलाको परिस्थिति सिर्जना भएको छ । नेपालमण्डल र सुदूरपश्चिमको सांस्कृतिक अन्तरसम्बन्ध एउटा प्रतिनिधि पात्र मात्र हो । नेपालमा यस्ता प्रशस्त उदाहरणहरू पाइन्छन् । डडेलधुराको चौलो, नेपालमण्डलको चालं र गुल्मी तथा अर्घाखाँचीको सरायमा एकरूपता पाइन्छ । यसैगरी राप्ती अञ्चलका पहाडी जिल्लाहरूमा विविध समुदायका युवाहरू मिलेर नाच्ने सेरङ्गेनाच, मधेशका थारूहरूको मजुरनाच र भक्तपुरका नेवार युवाहरूको लुसिप्याखँमा सामञ्जस्यता पाइन्छ । यो नै नेपालीहरू बीचको अपनत्व र समन्वयात्मक नेपाली संस्कृतिको विशेषता हो ।

चण्डी पूर्णिमा अर्थात् बैशाख शुक्ल पूर्णिमाका दिन कतिपय समुदायको देवालीपूजा पनि हुन्छ । बैशाख शुक्ल पूर्णिमा कै दिन बुद्ध र गोरखनाथ जन्मेका हुन् र यी दुवै नेपालका धर्तीपुत्र हुन् ।

यसैगरी प्रत्येक वर्ष नयाँ वर्षको उपलक्ष्यमा चैत मसान्तको मध्यरातमा सिराहको सलहेस फुलबारीको हारमको रुखमा मालाको आकारको फूल फुल्दछ । बैशाख १ गते दिनभर उक्त फूल ताजा रहन्छ र बैशाख २ गतेदेखि फूल ओइलाउन थाल्दछ । बैशाख १ गते सलहेस फूलबारीमा र बैशाख २ गते मिथिलाक्षेत्रका सलहेस मन्दिरहरूमा मेला लाग्दछ । सलहेस फूलबारीमा दनुवार र अरु सलहेस मन्दिरहरूमा दुसाध पूजारी छन् । सलहेस फूलबारीमा फुलेको यो फूलको माला सलहेसका प्रेमिकाले उनलाई दिएको प्रेमोपहार हो तर यो केवल मायाप्रीतिको मात्र कुरा नभएर आपसी सद्भावको प्रतीक पनि हो । यसरी सलहेस फुलबारीको हारमको फूलले प्रत्येक वर्ष नयाँ वर्षको सुखद उपलक्ष्यमा हामीलाई प्रेम र आपसी सद्भावको सन्देश दिइरहेको छ । मानिस जातले ठूलो र सानो हुँदैन, उसको आफ्नो आदर्श र मर्यादाले उनलाई महान् बनाउँदछ । सलहेस स्वयं दुसाध समुदायका हुन् तर आफ्नो आदर्श र मर्यादाले उनी महाराज कहलाएका छन् । अतः सलहेस महाराजको आदर्श र मर्यादाको पालन गरेर एकआपसमा सद्भाव र सहिष्णुताको भावना बढाउनु आजको हाम्रो परम कर्तव्य र उत्तरदायित्व हो ।

महिलाहरूको भाग्य भनेको आफू र सौभाग्य भनेका श्रीमान् हुन् । अतः महिलाहरूको भाग्य भन्दा पनि सौभाग्य बलवान् हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता रहिआएको छ ।

नेपालको मधेश क्षेत्रमा चिडिमार समुदायको बसोबास पाइन्छ । नेपालगञ्ज क्षेत्रका चिडिमारहरू हिन्दू धर्मावलम्बी छन् भने मिथिला क्षेत्रका चिडिमारहरू इस्लाम धर्मावलम्बी छन् । इस्लाम धर्मावलम्बी भएतापनि मिथिलाक्षेत्रका चिडिमारहरूले हिन्दू देवी देवताका गाथा गाउँदछन् । मिथिलाक्षेत्रका राजपूत एवम् ब्राह्मण पर्यन्तले विभिन्न पर्व पर्वणी एवम् शुभ कार्यहरूमा ती इस्लाम चिडिमारहरूलाई आफ्नो घरमा बोलाएर हिन्दू देवी देवताको गाथा गाउन लगाउँदछन् । यसरी मैथिली समुदायमा जातीय दलन र धार्मिक अन्तरद्वन्द्वको भावना पाइँदैन ।

मङ्सिरे पूर्णिमाका दिनमा नेपालका नेवारहरू धान्यलक्ष्मीको पूजा गरेर योमरि खान्छन् । त्यही दिनदेखि लिम्बुहरूको धाननाचको शुभारम्भ हुन्छ । त्यही दिन बाहुन-क्षेत्री र गुरूङ-मगरले गोठमा गैडुपूजा गर्दछन् । बैशाख शुक्लपूर्णिमाका दिन गुरूङ र मगरहरूले चण्डीपूजा गरेर घाटुनाचको विसर्जन गर्दछन् र राईहरूको चण्डीनाचको शुभारम्भ चण्डीपूर्णिमा अर्थात् बैशाखशुक्लपूर्णिमा कै दिनदेखि हुन्छ । अघि बैशाख शुक्ल पूर्णिमाका दिन देवी भगवतीले चण्डनामक दैत्यको वध गरेर चण्डी कहलाएका थिए । त्यसैले बैशाख शुक्ल पूर्णिमा चण्डी पूर्णिमाको नामबाट प्रख्यात भएको हो । अतः चण्डी पूर्णिमा अर्थात् बैशाख शुक्ल पूर्णिमाका दिन कतिपय समुदायको देवालीपूजा पनि हुन्छ । बैशाख शुक्ल पूर्णिमा कै दिन बुद्ध र गोरखनाथ जन्मेका हुन् र यी दुवै नेपालका धर्तीपुत्र हुन् ।

हिमालको जल र पहाडको मलले हाम्रो मधेश उर्वर बनेको छ । त्यसैले पहाडमा दाईँ हाल्दा हिमालको सह लेऊ, माल मधेशको सह लेऊ वरद हो भनेर गोरु घुमाउने प्रचलन छ ।

नेपालको पहाड खण्डमा मनाइने तीज, पश्चिम पहाडको गौरापर्व, मिथिलाक्षेत्रको मधुश्रावणी र थरूवानमा मनाइने जितिया पर्व महिलाहरूको सौभाग्य वृद्धिका लागि मनाइने पर्वहरू हुन् । महिलाहरूको भाग्य भनेको आफू र सौभाग्य भनेका श्रीमान् हुन् । अतः महिलाहरूको भाग्य भन्दा पनि सौभाग्य बलवान् हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता रहिआएको छ । यसरी यी तीनवटै पर्वमा नेपाली महिलाहरूको अन्तरवेदना र सम्वेदनशीलताको भावना अन्तर्निहित छ ।

धोति पनि हाम्रै हो, टोपी पनि हाम्रै हो । धोतिले हाम्रो लाज छोप्छ र टोपीले हाम्रो सान बढाउँदछ । धोति न टोपि भयो भने मान्छे कङ्गाल हुन्छ । त्यसैले आफू कङ्गाल हुने काम हामी कसैले पनि गर्न हुन्न ।

हिमालको जल र पहाडको मलले हाम्रो मधेश उर्वर बनेको छ । त्यसैले पहाडमा दाईँ हाल्दा हिमालको सह लेऊ, माल मधेशको सह लेऊ वरद हो भनेर गोरु घुमाउने प्रचलन छ । कास्की, पोखरा, बाटुलेचौर र राप्ती अञ्चल सल्यान, खलङ्गा गाइनटोलाका गन्धर्वहरूले हिमालको डाँफे र मधेशको मुरली चरीको विवाह गराएर कर्खा रचेका छन् । रोल्पाली मगरहरूमा चाहिँ डाँफे र मजुरको कथा प्रचलित छ । अतः डाँफे र मुरलीको कर्खा हिमाल, पहाड र मधेशको भावनात्मक एकताको प्रतीक हो किनभने धोति पनि हाम्रै हो, टोपी पनि हाम्रै हो । धोतिले हाम्रो लाज छोप्छ र टोपीले हाम्रो सान बढाउँदछ । धोति न टोपि भयो भने मान्छे कङ्गाल हुन्छ । त्यसैले आफू कङ्गाल हुने काम हामी कसैले पनि गर्न हुन्न । अहिले नेपाली संस्कृति कचपचिएको छ, नेपाली राष्ट्रियता धमिलिएको छ र नेपाल राष्ट्र विखण्डनको दिशातिर धकेलिएको छ । अहिले सबैलाई आ-आफ्नो जातीय पहिचान चाहिएको छ तर जातीयता भन्दा राष्ट्रियता ठूलो हुन्छ ।

अहिले नेपाली संस्कृति कचपचिएको छ, नेपाली राष्ट्रियता धमिलिएको छ र नेपाल राष्ट्र विखण्डनको दिशातिर धकेलिएको छ । अहिले सबैलाई आ-आफ्नो जातीय पहिचान चाहिएको छ तर जातीयता भन्दा राष्ट्रियता ठूलो हुन्छ ।

जातीय स्वाभिमान भन्दा राष्ट्रको गौरव गरिमामय हुन्छ । प्रदेश भन्दा सिङ्गो र एक ढिक्का राष्ट्रको महत्व बढी हुन्छ । हिमाल, पहाड, नेपालमण्डल र मधेश-तराईका नेपालीहरू बीचको आपसी सद्भाव र सहिष्णुताबाट नेपाली राष्ट्रियता बलियो भएको छ । नेपाल अनेकतामा एकता भएको राष्ट्र हो । यिनै अनेकतामा एकता भएका विविध जातिको स्वच्छ हृदयको मधूर स्पन्दनको सङ्गम नै बृहत् नेपाल राष्ट्रको प्राण हो । अतः जातीय एवम् साम्प्रदायिक धरातलबाट माथि उठेर नेपाल राष्ट्र एवम् नेपाली राष्ट्रियता प्रति प्रतिबद्ध र समर्पित हुनु आजको परम आवश्यकता हो । नेपाल राष्ट्र हाम्रा पूर्खाहरूको धरोहर हो किनभने हाम्रा पूर्खाहरूले बडो दुःखले नेपाल राष्ट्रको निर्माण गरेका थिए । अतः हाम्रा महान् पूर्खाहरूको धरोहर नेपाल राष्ट्रको अस्मितालाई हामी सबै मिलेर जोगाउनु पर्दछ । समन्वयात्मक नेपाली संस्कृतिले देखाएको समन्वयको बाटोमा हामी सबै नेपालीहरू सँगसँगै मिलेर अघि बढ्यौँ भने नेपाल राष्ट्र सधैँ अखण्डित र सुदृढ हुनेछ किनभने समन्वयात्मक नेपाली संस्कृतिले नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई जन्माएको छ ।

जातीय स्वाभिमान भन्दा राष्ट्रको गौरव गरिमामय हुन्छ । प्रदेश भन्दा सिङ्गो र एक ढिक्का राष्ट्रको महत्व बढी हुन्छ । हिमाल, पहाड, नेपालमण्डल र मधेश-तराईका नेपालीहरू बीचको आपसी सद्भाव र सहिष्णुताबाट नेपाली राष्ट्रियता बलियो भएको छ ।

नेपाल पार्वतीले रचना गरेको शिवको देश तथा सीता र बुद्धको जन्मभूमि हो । यस्तो पवित्र धर्तीमा जन्म लिन पाउनु हाम्रो लागि ठूलो अहोभाग्य हो । टर्कीका राष्ट्रपति अहमदले नेपाललाई विश्वको आध्यात्मिक केन्द्र मानेका छन् तर हामीलाई त्यसको केही वास्ता छैन । अतः आजको सन्दर्भमा हामीले विदेहको दर्शन, सीताको आदर्श, रामको मर्यादा, बुद्धको अहिंसा, त्याग र सहिष्णुतालाई राम्ररी मनन गरेर तन्मे मनः शिव सङ्कल्पमस्तुको भावनाबाट ओतप्रोत भई नेपाल राष्ट्रको सुदृढीकरण र नेपाली राष्ट्रियताको प्रबोधन, प्रवद्र्धन र विकासका लागि अघि बढ्न अत्यावश्यक छ । सरल नेपाली जीवनको प्रत्येक मुटुको ढुकढुकीले यही कुरा भनि रहेको छ । त्यसकारण हामी सबै मिलेर वाचा गरौँ वयं राष्ट्रे जागृयाम पुरोहिता : (हामी राष्ट्रमा अग्रगामी भई जागौँ) ।

नेपाल पार्वतीले रचना गरेको शिवको देश तथा सीता र बुद्धको जन्मभूमि हो । यस्तो पवित्र धर्तीमा जन्म लिन पाउनु हाम्रो लागि ठूलो अहोभाग्य हो ।

साभार : अन्नपूर्ण पोष्ट, वर्ष १४, अङ्क २५५ (२०७२ माघ ७ गते, बिहिवार), पृ.७ । (लेखक डा. जगमान गुरूङको अनुमतिमा पुन: प्रकाशित लेख )

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु