१५ बैशाख २०८१, शनिबार

गजल-एकान्तमा यसरी दिन कटाउन थालेकिछु !


एकान्तमा यसरी दिन कटाउन थालेकिछु !
रित्ताेकाेठामा पनि खटखटाउन थालेकीछु !!

समय धाेकेबाज बन्दियाे पर्खदैपर्खिएन !
म सेकेन्ड जसरि छटपटाउन थालेकीछु !!

शरीर त जलेर खरानीहुन्छ याद जल्दैन !
दिललाई बिर्सिदेभन्दै रटाउन थालेकिछु !!

गरिबी मजाक उडाउँछ मेराे परिस्थितिकाे !
खुसीकाे आँशु मनबाटै हटाउन थालेकिछु !!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !