रवि लामिछानेसँग रुपन्देहीमा बयान सुरु
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसँग बयान लिन थलिएको हो । सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा प्रहरीको हिरासतमा रहेका उनलाई