२४ भदौ २०८३, बुधबार

आजको संसद् बैठकमा रास्वपा सभापति लामिछाने सम्बोधन गर्ने


रवि लामिछाने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने बैठकलाई सभापति लामिछानेले सम्बोधन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आजको संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले सदनमा सम्बोधनका लागि सभामुखसँग समयका लागि अनुरोध गरेको रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले बताए ।

सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, जनेजी आन्दोलन लगायतका विषयमा सम्बोधन गर्ने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !