१४ बैशाख २०८१, शुक्रबार

दर्शन गरौ मनले चिताएको कामना पूरा गर्ने भगवती मनकामना देवी


मनकामना देवी

मनले चिताएको कामना पूरा गर्ने भगवती देवी मनकामना र यसको धार्मिक महत्व ! गोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । आफ्नो मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वासका कारण मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा आउँछन् ।

भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणहरुको लागि वलि र पूजा शुरु हुन्छ । दसैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ । यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। केबुलकारबाट ११ मिनेटमै मनोकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनोकामना पुग्छन् ।

मनकामना माईका पुजारीका अनुसार, राजा रामशाहका रानी लिलावती या पुण्यवतीदेवी अवतारी थिईन रे । लखन थापा लिलावतीका अति नजिक भक्त थिए । एकपल्ट राजा रामशाहले गोरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् । त्यसपछि राजा अचानक विरामी भई स्वर्गीय भए । उनको अन्तेष्टि मस्र्याङदी नदीको–दरौदी दोभान रामशाह घाटमा गरियो । त्यसवेलाको चलन अनुसार रानी लिलावती पनि राजा रामशाहसँगै सती गईन ।

भक्त लखन थापा शोकाकुल भई विलाप गर्दा रानीले, “तिम्रो ईच्छा पूरा गर्न तिर्मै गाउँको एकछेउमा फेरी प्रकट हुनेछु,” भनेर भनिन रे । त्यसको सात महिनापछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अडकी त्यसबाट दुध र रगत बग्न थालेछ । दृव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्धारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरियो । सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए ।

मनकामना माईको हालको पुजारी लखन थापाको सत्रौ पुस्ताका सन्तान हुन । यो मन्दिर परिसरमा १५ भन्दा बढी देवी देउताहरुको मन्दिरहरु रहेका मध्येको एउटा मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित वंकेश्वरी मन्दिरमा वाक्य फुट्न नसकेका वा लुला लङगडा बालबालिकालाई दर्शन गराएमा वालवालिकाको वोली फुट्ने र हातखुट्टा चल्छ भन्ने जनविश्वास रही आएको छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस्

जाने होइन ताप्लेजुङको सुन्दर तिम्बुङ पोखरी

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु