१५ बैशाख २०८१, शनिबार

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त


सुशील घिमिरे

काठमाडौँ, वैशाख ३ । नेपाल सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।

विगत ३ महिनादेखि रिक्त रहेको उक्त पदमा पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि घिमिरेकै नेतृत्वमा कार्यदल बनाएको थियो । अहिले उनलाई नै कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका छन् । घिमिर पर्यटन सचिव हुँदा १८ महिना निगमको संचालक समितिको अध्यक्ष थिए ।

यसअघि निगमको कार्यकारी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको संचालक समितिको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था खारेज गर्दै महाप्रवन्धक सुगतरत्न कंसाकार भन्दा एक तहमाथि झापाका मदन खरेललाई २०७५ भदौमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो। तर उनी ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिइ अष्ट्रेलिया लागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !