१४ बैशाख २०८१, शुक्रबार

जाडोमा तातो पानी पिउँदाका फाइदाहरु


मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । मानिसले बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनाले मेटोपना घटाउनेदेखि विभिन्न स्वास्थ्य समस्याबाट टाढा राख्न मद्दत गर्छ । दैनिक बिहान मनतातो पानी पिउँदा शरीरको फोहोर बाहिर निस्कने गर्दछ जसका कारण मृगौला सम्बन्धि रोग लाग्नबाट जोगाउँछ । दैनिक बिहान मनतातो पानी पिउँदा शरीरको अतिरिक्त बोसो पग्लने गर्दछ जसका कारण तपाईको तौल नियन्त्रणमा रहन्छ । मनतातो पानीले खानालाई राम्रोसँग पचाउन सहयोग गर्दछ । यसले पाचन प्रणालीलाई बलियो राख्छ । नियमित रुपमा खाली पेटमा मनतातो पानी पिउनुहुन्छ भने पसिनामार्फत छालाको फोहोर निस्कने गर्दछ । यसले छालाको संक्रमणलाई पनि जोगाउँछ । दैनिक मनतातो पानी पिउँदा घाँटीमा जम्मा भएको खकार निस्कने गर्दछ । यसले श्वास सम्बन्धि रोग र दम हुनबाट जोगाउँछ । यसले कब्जियत हुनबाटसमेत जोगाउँछ । मनतातो पानीले तपाईको छालालाई स्वस्थ राखी चाउरी पर्नबाट पनि जोगाउँछ जसका कारण तपाई उमेर ढल्किसक्दा पनि जवान देखिनु हुनेछ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !