२० बैशाख २०८१, बिहिबार

नेपालमा लोकतन्त्र कस्तो हुनुपर्छ ?


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एक्काइसौँ शताब्दीमा नेपाललाई कस्तो लोकतन्त्र  आवश्यक छ  ? संविधानको पहिलो हरफमै उल्लेखित लोकतन्त्रलाई समय सापेक्ष व्याख्या गर्ने हो भने राज्य सदैव नागरिककै हितमा केन्द्रित हुनुपर्छ ।

नागरिकको हित गर्नु भनेको व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्नु हो, उनीहरू बीचको समानतालाई प्रत्याभूति दिन सबैको सम्वृद्धि हुने वातावरण बनाउनु हो र उनीहरूको स्वाभिमान सुनिश्चित गर्नु हो ।

तर व्याख्या गरे जस्तो यहाँ देखिएको छैन । आज देश युवाको पसिनाले अर्थतन्त्र धानिएको छ। तर कहिलेसम्म चल्न सक्छ । नोबेल कोरोना भाइरसका कारण आज युवाको हालत वर्णन गर्न साध्य छैन ।

नेपाली युवा सोदेशमै रमाउन चाहन्छन् । सरकाले उद्योग कलकारखानातर्फ ध्यान दिएको देखिएन । परनिर्भरतामा रम्ने हामी नेपाली समाज राष्ट्रकै लागि सकस बनेको छ । भनसुन र कृपाकै भरमा काम मिलाउनुपर्ने, घरका होनहारलाई विदेशमा पठाउनुपर्ने, चाकडीबाटै स्तरोन्नति गर्नुपर्ने बाटाहरूलाई हाम्रो समाजले स्वीकार गरिरहेको छ ।

राजनीतिलाई गरिखाने भाँडो बनाउनेहरू यहाँ सबैभन्दा कुलीनमा गनिन्छन् भने देशमै गरिखान्छु भन्नेलाई अवसर दिन नसक्नु दुर्भाग्य मान्नु पर्छ । यस्तो अवस्थामा देशले कसरी फड्को मार्न सक्छ ।

हामीले विगतलाई फर्केर हेर्न जान्नुपर्छ । हिजो राजसंस्थाका पालामा उद्योग थिए, कलकारखाना थिए, युवालाई जागिर थियो, नेपाली कामदारको अभावमा विदेशी कामदार मगाएर काम गरिन्थ्यो तर अहिले सवै समाप्त पारेर परनिर्भरमा नागरिकलाई विदेश पलायन गराइएको छ ।

राणाकालदेखि अहिलेसम्म हामीले सरकारहरू प्रशस्तै पायौँ, सेवक प्रवृत्तिको सरकार भने कहिल्यै अनुभव गर्न पाएनौँ । लोकतन्त्र ल्याउन ज्यानै फाल्यौँ, तर लोकतन्त्रलाई व्यवहारमै उतार्न सकेनौँ ।

शक्तिमा पुग्न मरिमेटी गरौं, पुगेपछि जनताको सेवा कसरी गर्ने भन्ने चालै पाएनौँ । यसको ठोस कारण हो स्वार्थमा डुब्नु । आज लोकतन्त्र खतरामा पुग्दै गरेको महसुस हुदैछ । समयले कोल्टो फरिसकेको छ । हिजोका युवा र आजको युवामा धेरै फरक आइसकेको छ । बलपूर्वक शाशन चलाउन खोजेपनि अब सम्भव छैन ।

जनताको शाशन जनताले नै अनुभुति हुने खालको उत्पादन र सेवामुलक देशमै काम गर्न सक्ने वातावरण मिलाउनुपर्ने समय आएको छ । अब बाँडीचुडी खाउला भन्ने सोचलाई हटाएर उद्योग कलकारखाना स्थापन गर्न र उत्पादनमुलक काममा विदेशमा होइन स्वदेशमै काम गर्न सक्ने किसिमको व्यवस्था तर्जुमा हुनुपर्छ भन्ने माग वर्तमान अवस्थाले देखाएको छ ।

यो पनि पढनुहोस्

जोखिम नउठाई सम्भव छैन विकास

देशको विकास गर्न हुनुपर्छ चतुरो र चनाखो

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने

नेपालमा विकास किन हुन सकेन, यस्तो पाराले के देश बन्ला त ?

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !