४ जेष्ठ २०८१, शुक्रबार

जोखिम नउठाई सम्भव छैन विकास


जोखिम नउठाई सम्भव छैन विकास
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामीले Prove खोज्छौं तर प्रयोग गर्न डराउछौं । Gam भनेको कसैले सेवन नै नगरेको बस्तु यदि हामी सेवन गर्छौं भने त्यसलाई Gam भन्दछन् तर पहिले नै प्रयोग भएको बस्तु खान्छौं भने त्यसलाई Gam भन्दैन । तर खाइसकेर फाइदा उठाएको भए त्यसलाई Prove भन्दछन् ।

परम्परादेखि जुन प्रयोग हुदै आएको बस्तु प्रयोग गरेर फाइदा लिन सक्छौं भने यसले फाइदा मात्र होइन भविष्यमा आइलाग्ने जस्तोसुकै काममा सफल हुदै जानेछौं । No Risk, No Gam खेल्न सकेमा मात्र सफलता हात लाग्न सक्छ ।

नेपालीहरु जे काम गर्नपनि गेम खेल्न सक्दैनन् त्यसैले पछि पर्दैछन् । हामीले अरूको देखासिकी गर्छौं । कसैले जुताको पसल खोलेको देखेपछि मात्र हामी जुता पसल खोल्न पुग्छौं तर हामी स्वयम् उदाहरण बन्न सक्दैनौं ।

काम गर्दा गेम खेल्ने हिम्मत हुनुपर्छ । जबसम्म हामीले अनुभवलाई प्रयोगमा ल्याउन सक्दैनौ तबसम्म सधै पछि नै पर्दै जानेछौं । हामीसंग स्रोत र साधन छ तर हामीमा गेम खेल्ने खुबी छैन भने जीवनमा कहिलै सफल हुने छैनौं ।

ठिक यही अवस्था राष्ट्रको छ । राष्ट्रको Development हुनको लागी देशमा उद्योग कलकारखाना स्थापना गराउने रिसर्च सेन्टर खोल्ने अनुभवी व्यक्तिको अनुभवको कदर गर्दै समाजमा त्यस्ता कामलाई बढवा दिदै जाने ,परनिर्भर हटाउदै जाने गरे के हुदैन जस्ता विषयलाई बढी महत्व दिने काममा जुट्न सके विकास निश्चित छ यसमा दुईमत छैन ।

नोबेल कोरोना भाइरसकै कुरा गरौं । यदि हामीले विदेशबाट आउने जतिलाई रगत परिक्षण गराउदै उपचारमा राख्न सक्थ्यौ भने यो सवैभन्दा ठूलो सफलता हुने थियौं र भएका पनि छौं । हामीले अरूले बनाएको सामान प्रयोग गर्छौ र सफल भएको महसुस गर्छौ ।

हामीले जे काम गर्न पनि विदेशीलाई भनेर मात्र गर्छौं यसले देशको Development होइन विदेशीको हुने निश्चित छ । देश होस् या व्यक्ति अरूको बाटोमा हिड्न थाल्छ भने जीवनमा कहिलै प्रगति गर्न सक्ने छैन । यो डाइरीमा लेखेर राख्नुहोस् ।

कामले काम सिकाउछ तर कामै नगरी के सिक्न सकिन्छ । एउटा नेताले भाषण गरेको सुन्दा हामीलाई आश्चर्य लाग्छ । जब हामी मन्चमा पुग्छौं त्यति बेला हाम्रो मनमा अनेकौं तर्क-वितर्कले जरा गाडेको हुन्छ । बोल्न खोजेको कुरा हामी बोल्न सक्दैनौ । तर दैनिक यसरीनै बोल्ने अभ्यास गर्छौं भने हामी नअड्की बोल्न सक्ने छौं ।

जेकाम गर्न पनि छिमेकी गुहार्ने चलनको अन्त हुनुपर्छ । नियम कानुन आफ्नो हुनुपर्छ, कसले के भन्छ भन्नेतर्फ होइन देशको आन्तरिक मामिला गोप्य राख्दै हामी अघि बढ्न सकेमा प्रगति निश्चित छ । हामीले आफ्नो लागि होइन देशको लागि केहि गर्नुपर्छ भन्ने भावनालाई Develop गर्दै अघि बढ्न सक्छौं भने मात्र Development सम्भव छ यसमा दुईमत छैन ।

यो पनि पढनुहोस्

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !