२६ बैशाख २०८१, बुधबार

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ


उद्योग
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ भन्ने कुरा पेचिलो हुदैछ । नेपाली हामीमा कमजोर मनोबृति र अर्काको भरमा बाच्ने संस्कारका कारण पछि पर्दैछौं । यसको ठोस कारण हो सहयोग लिने बानी । जबसम्म हामीमा सहयोग लिने बानीको विकास रहनेछ तबसम्म देश उकालो होइन ओरालो लाग्दै जानेछ ।

यदि हामी पछि फर्केर हेर्छौ भने हिजो नेपाल कसैको आश्रितमा थिएन । आफ्नै स्रोत र साधनमा थियो भने नेपाली कामदार नभएर विदेशीले उद्योगमा काम गर्ने गर्दथे । तर आज ठिक उल्टो हुदैछ । नेपाली सामान विदेशमा जान्थ्यो र डलर भित्रिन्थ्यो तर अहिले ठिक उल्टो परिपाटीको जन्म भएको छ।

अहिले नेपाली उद्योग नभएर विदेशि उद्योगले स्थान लिएको छ । डलर भित्रनु भन्दा बाहिर जाने क्रम बढ्दैछ। जनआन्दोलनपछि बन्द भएका उद्योग बन्द अवस्थामा छन् यता कसैको ध्यान पुग्न सकेको छैन । विदेशी सहयोग पाइराखेका छौं किन उद्योग लगाउनुपर्छ भन्ने मानसिकता बोकेकाहरूबाट देशको विकास होला भन्नु सपना मात्रै हो ।

आज हात थाप्ने प्रचलन र अरूको सहयोगमा देश चलेको वर्तमान अवस्थाले देखाएको छ । जबसम्म हरेक नेपाली परनिर्भरको जन्जीरमा रहनेछन् तबसम्म देश ओरालो लाग्दै जानेछ । देशले काचुली फेर्न आफ्नै उद्योग र उत्पादन हुनुपर्छ । नेपालको उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने वातावरण सरकारले मिलाउन सक्नुपर्छ र मात्र देशको स्तरमा सुधार हुनेछ ।

नेपाललाई हेर्ने तरिकामा सुधार हुन आवश्यक छ । यहाँ के छैन जलस्रोत छैन की तेल खानी छैन की फलाम खानी छैन की यति हुदा-हुदै पनि हानी पछि छौं । अरूले उत्पादन नगर भनेमा र कमिसन दिएमा मात्र पुग्ने गरेको देखिन्छ । नेपालमा शिक्षित बढी भएकाले नै यो देश खस्कदैछ । जुन देशमा बुद्धिजीवी बढी हुन थाल्छन् त्यहाँ काम गर्ने मानिसको अभाव हुन थाल्दछ ।

नेपालमा गर्ने भन्दा बसेर खानेको संख्या दिन प्रतिदिन बढ्दैछ । माग्ने र हात थाप्ने बानीले गर्दा नै आज युवा पलायन भएका छन् । सरकार जतिसक्दो युवालाई विदेशमा पठाएर भएपनि रेमिटेन्स भित्राउन चाहन्छ । देशमा उद्योग छैन आयका लागि स्रोत नभएपछि कर बढाउनु सहयोग माग्ने दिन नसके देश र नेपाली जनताको टाउकोमा ऋणको भार थुपार्दै जाने परिपाटी बढी रहेको छ ।

यो पनि पढनुहोस्

के भगवान छन् त ?

एमसीसी (MCC) भनेको के हो ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !