१२ श्रावण २०८१, शनिबार

देशको विकास गर्न हुनुपर्छ चतुरो र चनाखो


देशको विकास
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज हामीले २१ औं शताव्दी पार गर्दैछौं । यो युग भनेको वैज्ञानिक युग हो, प्रविधिको युग हो । खोज-तलास गर्दै अघि बढ्ने युग हो तर हामी धेरै पछाडि छौं । यो युगमा परनिर्भर होइन आफ्नै विचार र विवेकले हामी अघि बढ्न सक्ने थियो तर सकेनौं ।

आज हामीले यूवालाई विकासमा लगाउन सक्थ्यौ भने ठूलो उपलब्धि हासिल गर्न सक्ने थियौं । मेरो यो भनाईलाई कतिपयले बुझ्न पनि नसक्नुहोला । देशमा विकासका थुप्रै सम्भावनाहरू छन् जुन चाहेर पनि हामीले यसबाट लाभान्वित हुन सकिरहेका छैनौं एक आपसमा लडिरहेका छौं ।

यूवालाई भत्ता होइन जागिरको आवश्यक हुन्छ । यदि हामीले उद्योग खोल्छौं भने यसले यूवाको माग पुरा हुन सक्छ । नेपालका कतिपय उद्योग समाप्त पारिए तर त्यस्ता उद्योगलाई पुनर्संरचना गर्नतर्फ हाम्रो ध्यान केन्द्रित हुन सकेन खिचातानीको राजनीतिले देश ओरालो लाग्दै गयो ।

अरूले बनाइदिएको गोरेटोमा जम्मा भएको पैसाले हाम्रो आँखामा गलत गर्न र स्वार्थमा डुब्न मद्दत गरे । हामीलाई विकासतर्फ सोच्ने फुर्सद भएन गलत माथि गलत गर्दै अघि बढ्दै गयौं यो नै ठूलो भुल थियो । हामीले जब अनावश्यक खर्चतर्फ ध्यान दिन्छौं भने यो नै विकासको बाधक हो ।

अरूले लगाइदिएको उद्योगमा हामी निर्भर हुन्छौं भने यसले गलत पाठ पढाउन सक्छ । बाबुको सम्पत्ति प्रशस्त छ भने सन्तानलाई ऐसासीतर्फ धकेल्दै जान सक्छ । राजसंस्थाले गरेका उपलब्धिलाई हामीले आत्मासाथ गर्दै अघि बढ्न सकेको भए आज यो देशले काँचुली फेरि सक्ने थियो ।

एउटा परिवारमा धेरै विचार भएका व्यक्ति हुन्छन् भने त्यो परिवार समाप्त हुन थाल्दछ । मेरो भन्नुको अभिप्राय यो हो कि देश अघि बढाउन सल्लाहकार संयोजक सहि हुनुपर्छ तबमात्र विकासले फड्को मार्न सक्छ । बेमौसमी बाजा बजाएर देशले काचुली फेर्न सक्दैन ।

आज देशमा जे भइरहेको छ गलत भइरहेको छ । देशले राजनीतिक बेरोजगार थप्दैछ । नेतृत्वले सिकाएको पाठलाई अक्षरस नागरिकले पनि सिक्दैछन् । हिजो र आजमा समय परिवर्तन भइसकेको छ । नोबेल कोरोना भाइरसका कारण आज यूवाहरु नेपाल फर्कदैछन् यसले देशलाई झन संकटतर्फ धकेल्नेछ ।

यो पनि पढनुहोस् 

जोखिम नउठाई सम्भव छैन विकास

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !