१८ बैशाख २०८१, मंगलबार

हिन्दू धर्म किन पछाडि पर्दै गयो ?


ॐ_हिन्दु

काठमाडौँ । एकपटक एकजना हिन्दुलाई सामान्य रोग लागेपछि उनलाई भनिएछ हिन्दू धर्म फाफेन क्रिश्चियन धर्म मान्नुहोस् सवै रोग हटेर जानेछ । उनले रोग निको हुने भए हुन्छ भन्दै धर्म परिवर्तन गरे छन् ।

हिन्दू धर्ममा हुँदा मनग्गे रक्सी मासु खाने बानी रहेछ । तर धर्म परिवर्तन गरेपछि शाकाहारी अपनाउदै जाँड रक्सी सवै छोडेर उपचारमा लागेछन् उनलाई फलफूल सेवन गराइएछ ।

उनको रोग लिभर सम्वन्धी समस्या देखिएको रहेछ । उनले उपचारतर्फ चासो नदिई जाँड रक्सी मनज्ञ सेवन गर्दै गएछन् । लापरबाहीले गर्दा उनको रोग बढ्दै जाने क्रममा उनले धर्म परिवर्तन गरे छन् ।

लापरबाही घड्दै जाँदा दिनप्रतिदिन उनको स्वास्थ्य सप्रदै गएछ । यहाँ उनको स्वास्थ्य खराब हुनुमा खानपानको लापरबाही थियो धर्म होइन ? यसरी साइकालोजी सिस्टमबाट नेपालीको धर्म परिवर्तन गराइएको रहेछ ।

हाम्रो समाजले उसको लापरबाहीको प्रतिफल रोग हो थियो लापरबाही भएन रोग निको भयो बुझ्न सकेनन् । यहाँ यही कुरालाई बुझाउन नसक्दा उ धर्म परिवर्तन गर्न बाध्य हुन्छ ।

हामीले धर्मप्रति लापरबाही भएका हुन्छौ यसले गर्दा परधर्म फस्टाउने गरेको हामी देखि रहेका छौं । हिन्दू धर्मावलम्बीमा खाने कुराको छुट छैन । जे खाएपनि प्रतिबन्ध गराइएको हुँदैन । तर अन्य धर्ममा यस्तो छैन ।

यदि हिन्दूलाई पनि कट्टर हिन्दूवादी बनाउन सकेको भए यस्तो स्थितिमा यो धर्म पुग्ने थिएन । साइन्सले पनि स्वास्थ्यमा लापरबाही गर भनेको हुँदैन तर हाम्रो समाजमा यस्तो कार्य गर्न खुला छुट दिइएको छ ।

यदि यसैलाई सिस्टममा ढालेर यो खाने त्यो नखाने खाएमा पापको भागी स्वयम हुनुपर्छ भन्ने जस्ता स्वास्थ्यप्रति जनचेतना फैलाउने यसमा लगानी लगाएर प्रचार प्रसारमा जोड दिदै यसको विकासमा जोड दिन सके स्वस्थ समाजको निर्माण निश्चित छ ।

नेपाली रोगी हुनुमा स्वयं दोषी छ तर उसले धर्म संस्कृतिलाई दोषी ठहराउने गरेको हुन्छ । धर्मले लापरबाही गर भनेको हुँदैन । जहाँ डर हुँदैन त्यहाँ लापरबाही ज्यादा हुने गरेको हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !