१५ बैशाख २०८१, शनिबार

कोरोना भाइरस नेपाल घुम्न डराउनुको कारण यस्तो पो रहेछ


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

चीनको वुहानबाट विदेश घुम्न हिडेको कोरोना भाइरस (कोभिड-१९) लाई कसैले सोधेछ तलाई कसैको डर लाग्दैन । सोधेको जवाफमा एकछिन सोचेर कोरोनाले भनेछ मलाई कसैको डर लाग्दैन तर नेपाली जंगलमा र नेपालीको भान्सामा पस्न डर लाग्छ भनेछ ।

यो सुनेपछि सोध्नेलाई जिज्ञासा जागेर आएछ । नेपालीको जंगल र भान्सामा पस्न के को डर ? यति सुनेपछि उसले जवाफ दिदै भनेछ, हेर नेपालीको भान्सामा अदुवा, बेसार, ल्वाङ, सुकमेल, बदाम, पेस्ता जस्ता बस्तु राखेको हुन्छ, यो देखेपछि मेरो सातो जान्छ भनेछ । अर्को कुरा नेपालीहरू हातले खाना खान्छन् हात धुने गर्दछन् ।

यति सुनेपछि फेरि प्रश्न गरेछ जंगलमा पस्न किन डर लाग्छ । जंगलमा थुप्रै जडिबुटी छन् । जसमा निम, असुरो, गुर्जो जस्ता खतरनाक जडिबुटी छन् । त्यहाँ कसैको ध्यान नपुग्नाले म बचेको छु, त्यही भएर म नेपालमा राम्रोसंग घुम्न सकेको छैन् ।

कोरोना भाइरसको भनाईलाई यदि हामीले गहिरिएर सोच्छौं भने यसको उपचारको खोज नेपाली जंगलबाट सुरू गर्नुपर्छ । वैज्ञानिकहरू सवै गर्न सक्छन् तर यसको उपचार खोज्न सक्दैनन् भन्ने कुरा अहिले देखिएको छ ।

हामीले सवैभन्दा महत्वपूर्ण कुरा के बुझ्नुपर्छ भने यसको उपचार सम्भव छैन । यस्तो घडिमा सफाइमा रहने, मिचिमिचि सावुन पानीले हात धुने ल्वाङ, सुकमेल, बेसार, अदुवा, तुलसी राखेको चिया सेवन गर्ने र भान्सामा गुर्जो, निम, सिमली र असुरोको सुप खाने गर्न सके यो जस्ता थुप्रै भाइरस भगाउन सकिने देखिन्छ ।

यो पनि पढनुहोस्

कोरोना भाइरस र नेपालको स्थिति

कोरोना भाइरस संक्रमणबाट सुरक्षित को ?

नोवेल कोरोना भाइरसको महामारी र नेपालको अवस्था

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !