४ बैशाख २०८१, मंगलबार

कोरोना भाइरस र नेपालको स्थिति


नेपालमा कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्थाको तथ्याङ्क
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा नोबेल कोरोना भाइरसको संक्रमण सवै बाहिरबाट आएकाहरुमा देखिएको छ । नेपाल नोबेल कोरोना भाइरसबाट सुरक्षित छ भन्ने सन्देश बोकेको छ । रोग लाग्नुको पछाडि सवैभन्दा ठूलो मनोबल कमजोर हुनुलाई लिन सकिन्छ ।

चीनको वुहान क्षेत्रबाट स्वदेश फर्किएका १ जना युवकमा नोबेल कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । नेपालमा अन्य केही व्यक्तिहरूमा देखिएको कोरोना पनि विदेशबाट ल्याएको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले त्यस्ता नेपालीहरूमा भाइरस भएको बताएका छन् ।

भाइरस परिक्षण गर्ने स्थानको अभावमा देशमा कति रोगी छन् भन्ने यकिन हुन सकेको छैन । रोग सर्ने माध्यम भनेको श्वास-प्रश्वासबाट, हात मिलाउदा र अंकमाल गर्दा एक अर्कामा सर्ने हुन्छ । विश्वमा सफाई मनपराउने भाइरस नोबेल कोरोना ले दैनिक साबुनको सेनेटरी टाबेलको प्रयोगमा राम्रो स्थान ओगट्न सफल छ ।

जहाँको हावापानी र सरसफाई राम्रो छ त्याहा यो रोग सर्दैन भन्ने उदाहरण पुष्टि भएको छ । जहाँ गलत खानपान र रहन सहन ठिक छैन त्यहाँ जुनसुकै रोगको प्रकोप बढी हुने गर्दछ । सरकारले नोबेल कोरोना भाइरसप्रति देखाएको सजगता सह्रानीय देखिएको छ ।

रोग सर्नको लागी इम्युन सिस्टम कमजोर भएको र पहिलेदेखि नै भित्रैदेखि क्रोनिक अवस्थामा रोगबाट पिडित भएकाहरूलाई भएका त्यस्ता व्यक्तिहरू जसको उपचार राम्रोसंग हुन सकेको छैन त्यस्ता व्यक्तिमा मात्र कोरोना भाइरस सक्रमण हुन सक्ने देखिएको छ ।

नेपालमा जाँच्ने निकाय कमजोर हुनाले रोग भए नभएको यकिन हुन सकेको छैन । ज्वरो आउदैमा हामीले रोग लागेको छ भन्ने आधार के छ ?अर्को रोचक कुरा नेपालमा कोरोन लागेको रिपोर्ट विश्व स्वास्थ्य संगठनलाई दिनुपर्ने र पत्रकार सम्मेलनमा लकडाउन उल्लंघन गरेर नागरिकलाई लागेको भन्ने पुष्टि गर्नुपर्ने जस्ता समस्याले रोग लागेकाहरूको जानकारी गोप्य हुनसक्ने खतरा बढेको देखिन्छ ।

जुनसुकै राष्ट्रले अरूको निर्देशनमा काम गर्छ भने उसले चाहेर पनि विकास गर्न सक्दैन । रोग भए नभएको एकिन र गोप्यता भंग हुने गरी काम गर्नाले यसको नतिजा राम्रो देखिदैन । आज चाहे रोग होस् या जुनसुकै सिटदेखि विजनेस गर्न समेत विदेशीको इशारामा चल्नु राम्रो होइन जस्तो लाग्छ ।

यो पनि पढनुहोस्

नोवेल कोरोना भाइरसको महामारी र नेपालको अवस्था

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !