काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेतृत्व तहमा सरकारमा जाने नजाने विषयमा मत बाझिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले अवसर पाए सरकारको नेतृत्व गर्ने अभिमत दिइरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने काँग्रेसलाई जनादेश प्रतिपक्षकै रहेकाले सरकारमा जान नहुने बताएका छन्