१९ बैशाख २०८१, बुधबार

अबको प्रधानमन्त्री म नै हो, अरुको हैसियत छैन : शेरबहादुर देउवा


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेतृत्व तहमा सरकारमा जाने नजाने विषयमा मत बाझिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले अवसर पाए सरकारको नेतृत्व गर्ने अभिमत दिइरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने काँग्रेसलाई जनादेश प्रतिपक्षकै रहेकाले सरकारमा जान नहुने बताएका छन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुली र सञ्जयकुमार मिश्रले लेखेका छन् ।

पूर्व सांसद एकनाथ रानाभाटको बुधबार परेको दसौँ स्मृति दिवसमा आयोजित श्रद्धाञ्जलि सभामा सभापति देउवाले काँग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे । “मरिहत्ते गर्दै खोजिँदैन । प्रधानमन्त्री नै चाहिने लोभ पनि छैन । अवसर पाए छाडिँदैन । भाग्ने पनि हैन होला”, उनको स्पष्ट भनाइ थियो, “मुलुकलाई कसै न कसैले अगाडि बढाउनुपर्छ । अहिलेको अवस्थामा अवसर पाए काँग्रेसले नेतृत्व गरेर अगाडि बढ्नुपर्छ ।”“प्रधानमन्त्री पाउँ पनि भनेको छैन ।

आयो भने भाग्नेवाला छैन । त्यसको फाइदा पार्टीलाई नै होला । म प्रधानमन्त्री भएँ भने पक्कै रामचन्द्रजी पनि खुसी हुनुहोला”, वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने, “जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो । यसमा रामचन्द्रजीले सानो चित्त गर्नुहुन्न होला ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !