१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसका सभापति देउवाले किन बोलाए पदाधिकारी बैठक ?

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाएका छन् । पार्टी सभापति देउवाको निवासमा बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्ने भएको हो ।

सभापति देउवाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा नेपालमा वर्तमान विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्ताव लगायत विषयमा छलफल हुने बताइएको छ ।

नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कुराकानीमा प्रचण्ड र नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव प्रस्ताव गरेको बुझिएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै नयाँ सरकार गठनका लागि नेताहरुबीच गृहकार्य सुरु भएको छ । बुधबार प्रारम्भिक चरणको छलफलमा नेकपा प्रचण्ड-नेपाल समहूले देउवालाई नयाँ बन्ने सरकारको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

नेकपा उच्च स्रोतका अनुसार तीन नेताबीच भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका थिए । नेताहरुबीचको छलफल सकारात्मक भएको भन्दै समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको बुझिएको छ । यसअघि प्रचण्ड र माधव दुवैले प्रधानमन्त्री नबन्ने बताएका थिए ।

बुधबार नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल तथा काँग्रेसका सभापति देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको थियो । नेपाली काँग्रेस उच्च स्रोतका अनुसार प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड नेपाल आएको भन्दै ठोस समझदारी हुन बाँकी बताएका थिए ।

यो पनि पढ्नुहोस्

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड-माधवकाे प्रस्ताव, होलान् त देउवा ?

देउवासँग २० मिनेट कुराकानी गरेर फर्किए प्रचण्ड र नेपाल, के भयो छलफल ?

प्रचण्ड-माधवले देउवालाई भेट्दै, मिल्ला त यी तीन नेताको केमेष्ट्री ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !