७ बैशाख २०८१, शुक्रबार

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड-माधवकाे प्रस्ताव, होलान् त देउवा ?


शेरबहादुर देउवा

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको २० मिनेट कुराकानीमा प्रचण्ड र नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव प्रस्ताव गरेको बुझिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै नयाँ सरकार गठनका लागि नेताहरुबीच गृहकार्य सुरु भएको छ । बुधबार प्रारम्भिक चरणको छलफलमा नेकपा प्रचण्ड-नेपाल समहूले देउवालाई नयाँ बन्ने सरकारको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ।

नेकपा उच्च स्रोतका अनुसार तीन नेताबीच भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका छन् । नेताहरुबीचको छलफल सकारात्मक भएको भन्दै समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको बुझिएको छ । यसअघि प्रचण्ड र माधव दुवैले प्रधानमन्त्री नबन्ने बताएका थिए ।

बुधबार नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको हो । नेपाली काँग्रेस उच्च स्रोतका अनुसार प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड नेपाल आएको भन्दै ठोस समझदारी हुन बाँकी बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने गरेको कदमलाई सर्वोच्च अदालतले बदर गरेर प्रतिनिधिसभा पुन:स्थापना गर्ने गरेको फैसला गरेपछि र नेकपा विभाजित भएको परिस्थितिमा प्रचण्ड-माधवले देउवालाई भेट्नु राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको थियो ।

दिउसो १:१५ बजे देउवा निवास पुगेका प्रचण्ड-नेपाल १:३५ बजे त्यहाँबाट बाहिरिएका थिए । बहुप्रतिक्षित भेटवार्ता के केछलफल भयो भन्ने जनचासो बढ्नु स्वाभाविक हो हुने तयारी रहेको छ । देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रम र अब कसरी अगाडि जाने भन्ने बारेमा छलफल भएको थियो ।

ओली सरकारको विकल्पबारे छलफल अगाडि बढिसकेको अवस्थामा प्रचण्ड र नेपाल दुवैले नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका दलहरुलाई मिलाएर प्याकेजमा सहमति गर्नेबारे छलफल बढाएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा गर्न वाध्य पार्ने वा महाभियोगसम्म लगाउने तयारी भइसकेको छ ।

राष्ट्रपति नेपाली काँग्रेसलाई, उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई, राष्ट्रियसभाको अध्यक्षमा पनि विल्प खोज्नुका साथै सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायतका मन्त्रीहरुको समेत बाँडफाँडबारे प्याकेजमा सहमति गर्ने गरी तयारी बढेको हो । विश्वस्त स्रोतका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनेबारे छलफल हुनथालेको छ ।

देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेमा राष्ट्रपतिमा नेकपाको प्रचण्ड माधव नेपाल समूहले पाउने विकल्पबारे पनि कुरा बढेको बुझिएको छ । तीन दलको सहमतिको सरकारमा मन्त्रीहरुको भागवण्डादेखि संवैधानिक निकायमा नियुक्तिबारे समेत टुंगो लगाउने गरी अनौपचारिक कुराकानी भएको छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच गठबन्धनको सम्भावनाबारे पनि छलफल बढेको छ । ओली देउवालाई प्रधानमन्त्री बनाएर भएपनि प्रचण्ड र माधव नेपाललाई रोक्ने पक्षमा देखिएका छन् । यद्यपि सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर संसद पुन:स्थापना गरेपछि ओली र देउवावीच टेलिफोन कुराकानी नभएको देउवानिकट स्रोतले जानकारी दिएको छ ।

अव नेकपाका दुवै समूहमध्ये कुनसँग समीकरण गरेर अघि बढ्ने भन्ने बारेमा देउवालाई असहज परिस्थिति सिर्जना भएको छ । देउवाले पार्टीमा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षसँग पनि सहमति गरेर अघि बढ्नुपर्ने भएकोले उनको लागि ठण्डा दिमाखले दिर्घकालिन रुपमा के गर्दा ठिक होला भनेर सोचविचार गरेर अघि बढ्नुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

देउवासँग २० मिनेट कुराकानी गरेर फर्किए प्रचण्ड र नेपाल, के भयो छलफल ?

प्रचण्ड-माधवले देउवालाई भेट्दै, मिल्ला त यी तीन नेताको केमेष्ट्री ?

सर्वोच्चको संसद पुनर्स्थापनाको आदेशपछि प्रधानमन्त्री ओलीका विकल्पहरु

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाकाे फेस गर्ने

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष प्रचण्ड

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार छु : प्रधानमन्त्री ओली

संसद् पुनःस्थापना भए सांसद किनबेचको फोहरी खेल शुरु हुन्छ : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !