२६ बैशाख २०८१, बुधबार

देउवा र पौडेलवीच जुहारी : देउवा पूर्वतिर, पौडेल पश्चिमतिर

देउवा भन्छन्, 'प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हट्दिन' : पौडेल भन्छन्, 'कांग्रेस विपक्षी दलको भूमिकाबाट पछि हट्नु हुन्न'


शेर बहादुर देउवा र रामचन्द्र पौडेल

चितवन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलवीच रमाइलो जुहारी चलेको छ । आज बुधबार चितवनको एक कार्यक्रममा बोल्दै दुवै नेताहरुवीच एक आपसमा फरक-फरक धारणा राख्दै रमाइलो वाकयुद्ध चलेको हो ।

नेपाली काँग्रेस सरकारमा जाने सवालमा उनीहरुको अभिव्यक्तिलाई हेर्दा एउटा पूर्व अर्को पश्चिम भएजस्तो देखिन्छ । आखिर एउटैै पार्टीका नेताहरुको यसरी फरक-फरक धारणा किन ? पार्टीको वैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने ठाउँमा यस्तो अभिव्यक्ति आउनु बिडम्वनाको कुरा हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई समूहमा विभाजन भईसकेको परिस्थितिमा प्रमुख प्रतिपक्ष दल काँग्रेसवाट अव जनताले के अपेक्षा गर्ने ?

नेपालका जुनसुकै दलका शीर्ष नेताहरुमा व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको पराकाष्ठा देखिन्छ । जवसम्म उनीहरुमा यस्तो आकांक्षा हट्दैन, तवसम्म नागरिकले उनीहरुवाट ठुलो अपेक्षा राख्नु बालुवामा पानी खन्याउनु जस्तै हो । आखिर यस्तो कहिलेसम्म ?

के भने देउवाले ?

कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएतापनि कांग्रेसलाई पदको लोभ नभएको तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाड्ने बताएका हुन् । उनले प्रधानमन्त्री हुने अवसर पाइयो भने जिम्मेवारीबाट नभाग्ने बताउदै आफूले प्रधानमन्त्री पद नमागेको पनि तर प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने उनले धारणा राखे ।

काँग्रेसका वरिष्ठ नेता पौडेलले प्रसंग उठाएको भन्दै जवाफमा उनले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न’ पनि पौडेललाई आग्रह गर्दै उनले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने बताए । उनले कांग्रेसलाई पदको लोभ नभएको तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिने संकेत गरे । तर आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए प्रधानमन्त्री बन्न सक्ने उनले धारणा व्यक्त गरेका हुन् ।

‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन । काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ,’ उनले भने ।

के भने पौडेलले ?

कांग्रेसका वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताउदै उनले यतिबेला नेपाली जनताले कांग्रेसबाट धेरै आशा गरेका भन्दै कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने तर्क गरे । उनले विपक्षी दलको भूमिका यति बेला के हुने भन्ने चाहिँ खुलाएनन्, यद्यपि कांग्रेस जिम्मेवारीबाट पन्छिन भने नमिल्ने धारणा राखे ।

उनले भने, ‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सानो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ । सजग भएर, इमान्दार भएर विपक्षी दलको सही भूमिका निर्वाह गर्न सक्यौं भने अर्को चोटी लोकतन्त्रको रक्षा गर्न सहयोग गर्न सक्छौं ।’

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हट्दिन : सभापति देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !