काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा स्थिरता छाएको दाबी गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफूलाई कसैले चाहेर पनि प्रधानमन्त्रीबाट हटाउन नसकेको दाबी गरेका हुन् ।