१५ भदौ २०८३, सोमबार

युनिफिकेसन चर्चकी प्रमुख याक जा हान कोरियामा पक्राउ


युनिफिकेसन चर्चकी प्रमुख याक जा हान कोरियामा पक्राउ

काठमाडौं । दक्षिण कोरियामा युनिफिकेसन चर्चकी प्रमुख ८२ वर्षिया याक जा हान घुस खुवाएको अभियोगमा पक्राउ परेकी छिन् । युनिफिकेसन चर्च (युनिफिकेसन पिस फेडरेसन) की प्रमुख हानलाई सियोलस्थित सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले दुई वर्ष जेल सजाय सुनाएको हो ।

दक्षिण कोरियाको पूर्वप्रथम महिलासमेत रहेकी ८३ वर्षीय हानलाई अदालतले भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर गरेको बीबीसीले उल्लेख गरेको छ । हान पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी हुन् ।

याकले दक्षिण कोरियाका पूर्व प्रथम महिला किम केओन हीलाई स्यानलको हाते ब्याग र हिराको हारसहितको करिव ८ करोड वानको बराबरको मंहगा उपहारहरु दिएको अभियोजनकर्ताले जनाएका छन् ।

हानको युनिफिकेसन चर्चको प्रभाव नेपालसम्म आइपुगेको थियो । नेपालमा पनि युनिफिकेसन चर्चको प्रभाव देखिन्छ । विघटित प्रतिनिधिसभामा एमालेबाट समानुपातिक सांसद बनेका परिवार दलका अध्यक्ष एकनाथ ढकाल मार्फत जोडिएको हो । परिवार दल सम्बन्ध बर्ल्ड पिस एन्ड युनिफिकेसनमा छ । नेपालमा एशिया प्रशान्त क्षेत्रको सम्मेलनमा हुँदा होली वाइन खुलाएपनि चर्च बिबादमा परेको थियो ।

काठमाडौंमा आयोजित एसिया-प्यासिफिक समिट २०१८ को अध्यक्षता हानले गरेपछि ‘होलीवाइन शब्द’ को व्यापक प्रचार भएको थियो । ढकालले नेपालका तीन जना पूर्वप्रधानमन्त्रीको नाम जोडेर चर्चसँग सहयोग मागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !