११ भदौ २०८३, बिहिबार

गाडीमा प्रधानमन्त्री शाह नुवाकोटको बाढीपीडित क्षेत्रतर्फ प्रस्थान


पर्यटकीय नगरी पोखरा पुगे प्रधानमन्त्री बालेन शाह फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् । ​

प्रधानमन्त्रीको सचिवालयका अनुसार ​प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि छन्। उनीहरू आज बिहान ९:३० बजे काठमाडौँबाट सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन् ।

बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समय सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

​भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ।

साथै सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !