३० फाल्गुन २०८१, शुक्रबार

कथा शीर्षक : अनामिका (भाग-७) – एक अन्तरजातीय प्रेम कथा


अनामिका (भाग-७)

ज्यूँनलाई पनि त एउटा आधार चाहिन्छ । जीवन मेरो लागि त्यहि आधार थियो । जीवनसँगै ज्यूँने मिठा सपना देखेको थिए । निरुको कुराले मन अमिलो भएर आउँछ । सायद उसको संगतले म आफैंले आफैंलाई म के र को हु भन्ने कुरा बिर्सिएको थिए । निरु आफ्नो ठाउँमा सही थिई । यो समाजले के एक हुन देला त हामीलाई ? सोच्दै रुँदै थिए । मेरो बगेको आँशु देखेर निरु मलाई आफ्नो छातीमा टास्छे । सायद उसलाई यस्तो नभन्नुपर्ने जस्तो लाग्छ । उ केही बोल्दिन बस सम्हाल आफूलाई र यदि तिमीहरुको प्रेम साँचो भए अवश्य एक हुनेछौ भन्छे । अझै धेरै कुरा गर्न मन लागेको थियो तर उ जानैपर्ने भनेपछि म पनि उसलाई रोक्न चाहँदिन । म आँशु पुस्छु र पछि फेरि भेट्ने बाचाका साथ उसलाई केहि परसम्म छोड्न जान्छु । कुण्ठित भएर दबेर बसेका मनका भावनाहरुलाई अब सायद निकाल्ने बेला आएको थियो । समय बित्दै थियो उसलाई धेरैचोटी भन्न चाँहे तर सकिराखेको थिइन् । कतै मेरो प्रेम एकहोरो मात्र त होइन जस्तो लाग्थ्यो ।फेरि प्रेम नभए किन उ मलाई आफ्नो जस्तो गर्छ भन्ने लाग्थ्यो । किन हो आजभोलि म निकै एकोहरिन थालेको थिए । उसले भन्दिए हुन्थयो भन्ने पर्खाइमा थिए तर उ यो विषयमा एक शब्द बोल्दैन्थियो । बेला-बेला दिमाग फुटला जस्तो हुन्थ्यो बिरामी जस्तो हुन्थे । कलेज भन्दा बाहिर हाम्रो भेट पनि भएको थिएन । मोबाईल नेपालमा भित्रे पनि किन्ने बशको कुरा थिएन् । मलाई जस्तो उसलाई पनि यस्तो भएको छ कि छैन भन्ने विषयमा अझ धेरै म चिन्तित थिए । उता बाबा-आमा पनि नेपाल आउने कुरा थियो आउने बैशाखमा । इलामको जग्गा बिक्री भइसकेको र काठमाडौंमा समेत जग्गा किनिसकेको थियो मामाले समेत जग्गा किन्न केहि पैसा हालिदिनु भएको थियो । पहिलो वर्षको परीक्षा पनि आउँन आटेको थियो । पढन भने पटक्कै मन थिएन् । दिमाग शुन्य जस्तो भएको थियो । फागुनको महिना केहि चिसो थियो म अरु बेला जस्तै उसलाई कलासमा पर्खिरहेको थिए । सर आउँनु भएको थिएन । क्लासका सबै बाहिर चौरमा घाँम तापिरहेका थिए । आज उसको साइकल पनि देखेको थिइन् । म उसको साइकल राखेको ठाउँमा बेला-बेला हेरिरहन्थे ।

बेला-बेला उसको त्यो मुहार अनि हाँस्दा देखिने त्यो दारा सम्झिरहन्थे । उ कतिखेर मेरो छेउमा आउँछ पत्तै हुँदैन । उ अनामिका भन्छ । उसकै यादमा टोलाएको थिए उसको आवाजले झसङ्ग हुन्छु र कस्तो तर्साइदेउ मलाई भन्छु उ हाँस्छ । उसको हातमा एउटा प्लाष्टिकको झोला थियो । म के हो यो ? भनेर सोध्छु उ सर्प्रिज भन्छ । म उसको साइकलको बारेमा सोध्छु उ हरायो भन्छ । एउटा त्यही साइकल थियो जसलाई हेरेर उ नहुदाँ पनि उ भएजस्तो लाग्थ्यो तर उसलाई त्यसको कुनै मतलब नै थिएन् । उसको साइकलसँग पनि एउटा माया गासिएको थियो । मन केहि निराश हुन्छ उसको उपस्थिति भएकोसम्म थाहा नहुने भो अब भन्ने कुरामा मन चिन्तित हुन्छ । उ मलाई के भो भनेर सोध्छ ? सायद म सोचेर रोएछु । उ मलाई हँसाउन खोज्छ । तर यो उदास मनलाई उ हँसाउन सक्दैन । हेर ! त तिम्रो लागि के लिएर आएको छु भन्छ । म के भन्छु । उ त्यो झोला मेरो हातमा दिन्छ र अहिले होइन घर गएपछि मात्र खोल्नु भन्छ । यो पाली भने म केहि खुशी हुन्छु र उसलाई अगालो मार्छु पछि आफैंलाई लाज लागेर आँउछ । उ पनि केहि लजाउँछ सायद यो हामी दुबैको पहिलो छुवाई थियो ।

कतिखेर घर जाउ जस्तो हुन्छ । म अरुले देख्छन् भन्ने डरले हत्तपत्त झोलामा हाल्छु । आज मेरो काम छ भन्दै उ जान्छ । म उसलाई पर जाउन्जेलसम्म हेर्छु र उ पनि बेला-बेला मलाई हेर्छ उ हेर्दा-हेर्दै बिलाउँछ । माइजुले कराउने डरले म अन्तिमसम्म कलेज बस्छु र घर जान्छु । राती सुत्ने बेला त्यो झोला हेर्छु । अलिक महँगो पर्ने रातो कलरको कुर्ता सुरुवाल हुन्छ र एउटा चिठ्ठी । मलाई चिठ्ठी पढन आतुर हुन्छ । चिठ्ठीमा उसले मलाई सुरुदेखि नै मन पराएको र आफ्नो बनाउन चाहेको लेखेको हुन्छ उ मेरो कोथी सारै मनपर्ने भन्छ । चिठ्ठीमा धेरै कुरा लेखेको हुन्छ जसले बेला-बेला हसाउने र रुवाउने गर्थ्यो । निरुले भनेको सम्झिन्छु र चिठ्ठी पढदा प्रेममा जिते जस्तो लाग्छ । उसले दिएको कुर्ता-सुरुवाल छातीमा टास्छु मलाई उसलाई नै छातीमा बेरेजस्तो लाग्छ । कहिले बिहान हुन्छ र म पनि उसलाई आफ्नो मनको कुरा भनुम भन्ने लाग्छ त्यो रात मेरो जीवनको सबभन्दा लामो रात भएको थियो त्यो रात मैले नसुती छर्लङ्गै बिहान पारेको थिए । बिहान हुन्छ म ऐना हेर्छु । धेरै दिनको चिन्ता सोच र अनिधोले आँखा केहि धसेको देख्छु । तर मलाई खासै मतलब लाग्दैन र मलाई मन पराउने मेरो जीवन छदैछ नि भन्ने लाग्छ र खासै राम्री बन्नुपर्छ भन्नेतिर ध्यान जाँदैन तर जाने बेला उसलाई मनपर्ने त्यो नाक छेउको कोथी भने हेर्छु । जसमा उसको प्राण बसेको छ भन्थ्यो । म मन-मनै मुस्काउछु र कलेजतिर लाग्छु । आज भने मलाई चिया समेत पिउन मन लाग्दैन । जीवनलाई चिया मन पर्दैन त्यहि भएर हुन सक्छ । म सधाझै छिटो क्लासमा जान्छु र त्यहि झ्याल छेउमा गएर बस्छु र सधाझै उसलाई पर्खिन्छु ।

क्रमश: बाँकी अर्को भागमा…

*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।

यो पनि पढ्नुहोस्

कथा शीर्षक : अनामिका (भाग-६) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-५) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-४) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-३) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-२) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : अनामिका (भाग-१) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : झुण्डिएको लाश (भाग-४)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-३)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-२)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-१)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !