
इलाम । छिमेकीको भालेको डाकसँगै मेरो पनि निन्द्रा खुल्छ तर अरुबेला जस्तो आज उठन भने मन थिएन । आमा आँगन सफा गर्दै हुनुहुन्थ्यो जसको आवाज मेरो कानमा आइरहेको थियो । बहिनी सुतिरहेकी थिइ पढाई सकिएकोले उसलाई खासै उठाउन मन लाग्दैन । म पनि अल्छी गरेर भए पनि उठछु । आमा आँगो बाल्दै हुनुहुन्थ्यो सायद मामालाई चिया पकाउँदै हुनुहुन्थ्यो । म नजिकको धारामा गएर हातमुख धुन्छु र आमा भएतिर हेर्छु हिजो मामाको कुरा फेरि दिमागमा खेल्न थाल्छ ।
म फेरि घरको हालत हेर्छु । बाँसको ताटिबेरा लगाको र खरले छाएको ३ कोठे घर, आमाको शरिरमा भएको त्यो उधेर्को चोली बहिनीको फाटेको जामा अनि म आफैलाई हेरे एउटा भित्री बस्त्र पनि नयाँ किनेर लाउन सकेको छैन् । सबै बिचार गर्दा आमा जादै ठिक हुन्छ जस्तो लाग्यो । म आमा भएतिर जान्छु । आमा चिया दिनुहुन्छ । म चिया खाँदै आमालाई सोध्छु अनि के गर्ने हुने भयो त ? मामाले भनेको ठिकै हो । हामी सबैको लागि भए पनि हजुर जाँदा ठिक होला भने । आमा बहिनी सानै छे । मात्र के भन्नु भाको थियो आमा पुरा बोल्न नपाउदै मामाले म छु नि दिदी तपाई चिन्ता नगर्नु भन्नु भयो । आमालाई खासै जान मन थिएन तर सबैको आग्रहमा हुन्छ भन्नु भयो । आफु जन्मेको घर छोडेर जानुपर्ने हुँदा मनमा केहि खिन्न भने लागि रहेको थियो । मामा पनि ल म सबै चाजोबाजो मिलाएर लिन आउँछु भनेर जानु भयो । आमा पनि खासै खुसी हुनुहुन्थ्यो । यो गरिबी पनि अचम्मको हुँदोरहेछ न त ओकल्न सकिने न त निल्न नै । म पनि मन दरो बनाएर मामा घर पढ्न जाने निर्णय गर्छु । बहिनी पनि उठछे र आमालाई सघाउ है भन्दै म साथीको घर जान्छु जातले बाहुन भएपनि उ कहिले भेदभाव गर्दिनथी ।
मेरो मनको कुरा बुझ्ने भनेको उ मात्र एउटा साथी थिइ जसलाई म निर्धक्कसँग आफ्ना मनका कुराहरु खुलेर भन्न सक्थे । मेरो प्यारो साथी निरु ! गाउँभन्दा पनि उसलाइ छोडेर जानु परेकोमा भने मन सार्है दु:खी थियो । म उसको घर पुग्छु निरु निरु भनेर बोलाउछु । उ हजुर आए भन्छिन् । अनि हामी केही पर गाँउको चौतारीमा जान्छौ । म उसलाई सबै कुरा सुनाउछु । सुनाउदा सुनाउदै म रुन पुग्छु उ पनि रुन्छे । आँखामा आशु अनि मुहारमा झुटो मुस्कान लिएर निरु जाने भईस हैन छोडेर भन्छे म झन धेरै रुन थाल्छु र उ पनि । उ केही बेरपछि त गईस भने त रुपेश त मर्छ होला भन्छे । रुपेश बिक जसले मलाई सानैदेखि मन पराउथ्यो जात पनि मिल्थ्यो तर उसलाई मैले त्यो नजरले कहिले हेरेको थिइन बस् एउटा असल साथी मात्र ठानेको थिए । उ मेरो लागि जे गर्न पनि तयार हुन्थयो । तर खै किन हो यो आँखा र यो मनलाई कसको पर्खाई थियो उसलाई शिकार नै मन मानिरहेको थिएन फेरि आफ्नो अवस्था पनि त्यस्तै थियो । मलाई जीवनमा केहि बन्नु थियो र घरलाई घर जस्तो बनाउनु थियो । त्यही भएर पनि होला यो माया प्रेम भन्ने कुरामा त्यति चासो पनि भएन् ।
सायद अभावै अभावले जिन्दगी भरिएर होला मायाको लागि कतै ठाउँ नै थिएन् । हामी लगभग धेरै बेरसम्म कुरा गर्छौ कहिले हास्थयौ त कहिले रुन्थयौ । अन्तमा छुट्टीमा भेट्ने बाचाका साथ हामी बिदा हुन्छौ । सँगै गाउँको कलेज पढने रहर पनि रहरै मात्र भयो । गाउँघर साथी छोडेर जानुपर्दा मन केहि अशान्त थियो र घरको अवस्थाको कारण केही चित्त भने बुझाएको थिए । यसरी एक महिना बित्यो र मामा पनि घर आईपुग्नुभयो । बैशाखको महिना थियो र कलेज पनि सुरु हुन आँटेको थियो । आमाको विदेश जाने सबै व्यबहार मिलिसकेको थियो । घरमा खासै केहि नभएकोले घर छोड्न खासै समस्या थिएन बस थियो त त्यो मेरो बालापनको यादहरु जहाँ म खेली हुर्केको थिए । गहभरिएर आयो हामी सबै रोईम । हामी जाने थाहा भएर रुपेश र निरु पनि आएका थिए । उनीहरु पनि रोए । जहाँ गएपनि माया चाहि नमार भन्दै थिए । रुपेश तिमीलाई जीवनभर पर्खन तयार छु भन्दै थियो तर त्यो कुरालाई भने मैले खासै वास्ता गरिन् उ सारै निरास देखिन्थ्यो त्यो मैले स्पष्ट बुझेको थिए तर सबै बुझेर बुझ पचाउनु मेरो बाध्यता थियो । घर हेर्दिदै गर है भनेर हामी बाटो लाग्छौ । हामी परसम्म पुग्दा पनि उनीहरुले हेरि रहेका थिए अनि म उनीहरुलाई हेरेर रोहिरहेको थिए ।
बाँकी अर्को भागमा…
*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।
यो पनि पढ्नुहोस्
कथा शिर्षक : अनामिका (भाग-१) – एक अन्तरजातीय प्रेम कथा
कथा शिर्षक : झुण्डिएको लाश (भाग-४)
कथा शिर्षक : झुण्डिएको लाश (भाग-३)