
काठमाडौँ । अघिदेखि एकटकले भुकिराखेको काले अब भने भुक्न छोड्छ । गेटतिर हेर्छु राखेको सुटकेस गायब हुन्छ । गाउँका मानिसहरू एकएक गरी हराउन थाल्छन् बस् देखिन्थ्यो त त्यही झुन्डिएको लाश जुन अरु कसैको नभएर मेरो हुन्छ । मेरो आँखाबाट अबिरल आशु बग्न थाल्छ त्यो पोईला जाने अरु कोहि नभएर मेरै श्रमती हुन्छे । काले अरु कसैलाई नभएर मलाई नै भुकि राखेको रहेछ । म मरेको भएर मलाई कसैले केहि नसोधेको र नदेखेको हुँदोरहेछ । त्यो व्यक्ति मेरो पछाडि नभएर म उसको अगाँडि रहेछु । म भक्कानिएर रुन्छु लाश मेरो आँखा सामुबाट गईरहेको हुन्छ लाश शववाहन मा हालिन्छ म रोएको न कसैले देख्छन न त कसैले सुन्छन् । शव वाहान अगाडि बढ्छ र म पछाडि…..
बुढा बुढा विहान भइसक्यो त कत्ति सुतेको ? मेन पावर जाने भनेको होइन ? श्रीमतीको आवाज सँगै म झल्यास ब्युझन्छु श्रीमती मेरो अगाडि हुन्छे मेरो शरिर छाम्छु म जिवित नै भएकोमा केहि खुशी हुन्छ मौसम जाडोको भएपनि म पसिनाले पूरै भिजेको हुन्छु । आशुले आखाँ मलिन भएको हुन्छ । श्रीमती के भयो हजुरलाई भनेर सोधिरहेकी हुन्छे म केहि होस् हराए जस्तो हुन्छु । केहि बेरपछि बल्ल होस् आउँछ । म आफुलाई घरभित्र पाउँछु ।
केहि बेर पछि बल्ल होस् आउँछ। त्यो मैले खोज्ने छोरी गर्भमै हुन्छे जुन जन्मेकै हुँदैन । म मेरेर फेरि बाँचे जस्तो हुन्छु । श्रीमती तपाई किन रुनु भाको ? के भयो ? तपाइलाई भनिरहन्छे म केहि नबोली बस उसलाई जोरले अंगालोमा बेर्छु र फेरी रुन्छु म रुदै बिदेश जान्न बरु देशमै बसेर केहि गर्छु भन्छ । म रोएको देखेर उ पनि रुन्छे र आखाँको आशु पुछदै पर्दैन जानु जे गरे हामी यहि देशमै मिलेर गरौला भन्छे र ऋण लिएको पैसा साहुलाई बुझाउँन जान्छु भन्छे म बुझ्ने श्रीमती पाएकोमा सुशीले एकपटक फेरी रुन्छु र उ पनि म सँगै रुन्छे ।
हुन त कुनै पनि सपनाले मानिसको भविष्य निर्धारण त गर्दैन तर कुनै न कुनै सन्देश भने अवश्य दिएको हुन्छ जसलाई अनुसरण गर्ने नगर्ने आफ्नै हातमा हुन्छ ।
यो कथाको पात्रलाई जे भयो त्यो केबल सपनामा भएको हुन्छ वास्तविकतामा यस्तो कसैलाई पनि नहोस् ।
समाप्त……….अन्तिम भाग
फेरि भेटौला अर्को कुनै नयाँ कथामा ।
*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।
यो पनि पढ्नुहोस्
कथा शिर्षक : झुण्डिएको लाश (भाग-३)